काठमाडौं- दोलखाको तामाकोशी गाउँपालिकामा सञ्चालित कोभिड-१९ अस्थायी अस्पतालमा कार्यरत डाक्टर र कर्मचारीमाथि कुटपिट भएको छ।
मेडिकल अफिसर डा रोविश कार्की र कार्यालय सहयोगी टोपबहादुर मिजारमाथि मदिरा सेवन गरी अस्पतालमा पुगेका केही व्यक्तिहरुले कुटपिट गरेको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अरुणकुमार मिश्रले जानकारी दिए।
चिकित्सकमाथि कुटपिट गर्ने ३ जनालाई जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरिसकेको डीएसपी भेषराज रिजालले बताए।
प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयले कुटपिटमा परेका चिकित्सकलाई पनि घटनाको विषयमा जानकारी लिन प्रहरी कार्यालयमा बोलाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।