फाइल तस्वीर
काठमाडौं– हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दूरीको दुवै सडक पहिरोका कारण अवरुद्ध बनेको छ। अविरल वर्षासँगै आएको बाढी र पहिरोले हेटौंडा–भीमफेदी–कुलेखानी हुँदै फाखेल–फर्पिङ भएर काठमाडौँ प्रवेश गर्ने मार्ग पहिरोले शनिबारदेखि नैअवरुद्ध बनेको हो।
यस्तै, हेटौंडा–भीमफेदी–कुलेखानी हुँदै सिस्नेरी–दक्षिणकाली भएर काठमाडौं प्रवेश गर्ने मार्गसमेत पहिरोका कारण अवरुद्ध बनेको छ।
वर्षा नरोकिएको र पहिरो झर्ने क्रम चलिरहेका कारण अवरुद्ध सडक आइतबार बिहानसम्म पनि सञ्चालन हुन सकेको छैन।
हेटौँडा–भीमफेदी–कुलेखानी सडक खण्डको भीमफेदी गाउँपालिका वडा नं. ६ स्थित चिसापानीगढी नजिकैको साउनेपानी खोल्चामा ठूलो पहिरो आएपछि सडक अवरुद्ध भएको हो।
यसैगरी कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डको इन्द्रसरोवर गाउँपालिकाका २ स्थित छपारेमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।