मध्यपुरथिमि- खाना पकाउने ग्यास चुहावट हुँदा भक्तपुरकाे चाँगुनारायण नगरपालिका ४चाँगुस्थित एक घरमा आगलागी भएको छ।
आगलागीबाट स्थानीयवासी दिपक मिजार र सानचरीको नगद ३५ हजार सहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न लगायतका सामान समेत जलेर आज नष्ट भएको प्रहरीले जनाएको छ।
वाग्मती प्रदेशसभा सदस्य कृष्णलाल भँडेलसहित नेपाली कांग्रेस भक्तपुर क्षेत्र १ का क्षेत्रीय सभापति जीवन खत्री, सचिव जनक खत्रीको टोलीले पीडितलाई पाँच हजारसहित लत्ताकपडा, खाद्यान्न र ग्यासचूलो लगायतको सामग्री सहयोग गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।