काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) प्रधानमन्त्री ओलीभन्दा राष्ट्रपति विद्यादेवी भण्डारीसँग बढी दुःख लागेको कांग्रेस सभापति शेरबहादुर देउवाको भनाइ, ओलीको कार्यकर्ताजस्तो भएर काम गरेको आरोप, आफूहरुले सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता नहुने माधव नेपालको स्पष्टोक्ति।
२) रोकिएका सबै परीक्षा यसै वर्ष गर्र्ने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको तयारी, विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्र तोकिने, विद्यार्थीले फारम भर्दा नै घरपायक परीक्षा केन्द्र रोज्न पाउने
३) मन्त्री कृष्णगोपाल श्रेष्ठ जातीय विभेदको मुद्दामा फौजदारी कसूरमा सजायको भागीदार बन्न सक्ने, उनीमाथि अनुसन्धान हुँदा बाधा विरोध गरेको आरोपमा कसुुरदारलाई हुने सजायको आधा सजाय हुने कानुनी व्यवस्था।
४) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले ल्याएको कृषि कानुनविरुद्ध जारी किसान आन्दोलनले सात महिना पूरा, दिल्लीमा किसान नेताहरुले विरोध प्रदर्शन गर्न खोजेपछि दिल्ली मेट्रोले गर्यो ‘यलो’ लाइनका तीन मुख्य स्टेशन चार घण्टा बन्द।
५) र, जारी युरो कप फुटबलमा शनिबारदेखि नकआउट चरणका खेल सुरु हुँदै, शनिबार हुने दुई खेलमध्य राति पौने दश बजे वेल्स र डेनमार्क भिड्दै, पौने एक बजे हुने खेलमा इटली विरुद्ध अष्ट्रिया
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।