प्रतिकात्मक तस्वीर
काठमाडौं– खोला तथा नहरमा डुबेर देशका ३ जिल्लामा ४ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार कैलाली, सिरहा र झापा जिल्लामा गरी ४ जनाको मृत्यु भएको हो।
कैलालीमा खोलामा डुबेर १९ वर्षीय किशोरको मृत्यु भएको छ। मोहन्याल गाउँपालिका-७ घर भएका १९ वर्षीय उमेश पुनमगरको सोही गाउँपालिका-५ स्थित चिउरे खोलामा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको हो। चिउरे खोलामा नुहाउने क्रममा डुबेर उमेशको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
झापामा नहर तथा खोलामा डुबेर २ जनाको मृत्यु भएको छ। शिवसताक्षि नगरपालिका-९ बस्ने ४० वर्षीय बिजुले लिभाङको सोही ठाउँस्थित नहरमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ। गत बुधबार घरबाट हराएका उनको खोजी गर्ने क्रममा शुक्रबार नहरमा शव फेला परेको हो।
झापाकै अर्जुनधारा नगरपालिका-१ साधुटारस्थित बिरीङ खोलामा डुबेर सोही अर्जुनधारा-३ बस्ने ४० वर्षीय राजकुमार खनालको मृत्यु भएको छ। शुक्रबार राति घरबाट हिँडेकोमा फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त खोलाको पानीमा उनको शव फेला परेको हो।
सिरहाको घनगढीमाइ नगरपालिका-३ स्थित सानो नदीमा जमेको पानीमा डुबेर सोही नगरपालिका कुरुवा टोल बस्ने ५५ वर्षीय अनेसिया सदाको शनिबार मृत्यु भएको छ। शुक्रबार घरबाट हिँडेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा नदीमा जमेको पानीमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।