काठमाडौं– काठमाडौंको माइतीघरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन्।
शुक्रबार राति ना ६ ख ३३०२ नम्बरको ट्रकले प्रदेश ०२-०२६-११८१ नम्बरको मोटरसाइकललाई राति ठक्कर दिँदा १ जनाको मृत्यु र १ जना घाइते भएका हुन्।
ट्रकको ठक्रबाट मोटरसाइकल चालक दोलखाको तामाकोसी गाउँपालिका घर भइ काठमाडौं काँडाघारी बस्ने १९ वर्षीय अर्बत खड्काको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकलमा सवार रामेछापको गोकुलगंगा गाउँपालिका–४ घर भइ काठमाडौंको काँडाघारी बस्ने २३ वर्षीय कृष्ण खड्का घाइते भएका छन्। उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
मोटरसाइकलाई ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।