काठमाडौं– सप्तरीमा एउटा ट्याङ्करले २ वटा मोटरसाइकललाई ठक्कर दिँदा २ बालिकाको मृत्यु भएको छ।
सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिका-२ सितापुरमा ना ७ ख ५४९५ नम्बरको ट्याङ्करले स ११ प २५८५ नम्बर र स २ प ५२४५ नम्बरका २ मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा २ बालिकाको मृत्यु भएको हो।
मृत्यु हुनेमा स ११ प २५८५ नम्बरको मोटरसाइकलमा सवार रुपनी गाउँपालिका-३ बस्ने ३२ वर्षीया सुमन देवी प्रमाणीकी छोरी ८ वर्षीया यशोदा प्रमाणी र स २ प ५२४५ नम्बरको मोटरसाइकलमा सवार ३६ वर्षीया नभिया प्रबिनकी छोरी ७ वर्षीया सुमैया प्रबिन रहेका छन्।
दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार ४ जनालाई उपचारको लागि धेर्मेश्वर अस्पताल ठेलिया पठाइएको छ। ठक्कर दिने ट्याङ्करका चालक भने फरार रहेका छन्।
प्रहरीले फरार ट्याङ्कर चालकको खोजी तथा घटनाका सम्बन्धनमा थप अनुसन्धान भइरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।