काठमाडौं- आज कन्काई, कोशी, कमला, बागमती जलाधारका केही स-साना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाब बढ्ने र केही स-साना नदीमा आकस्मिक बाढी आउन सक्ने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब स्थिर अवस्थामा रहेको तथा सबैमा बहाब सतर्कता तह भन्दा तल रहेको छ।
आज नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब सामान्य घटबढ हुने, कोशी र यसका स-साना सहायक नदीमा बहाब बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाब भई सतर्कता तह आसपास सम्म पुग्न सक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ। पश्चिम राप्ति, बबईमा बहाब सामान्य रहने र सतर्कता तह भन्दा तलै हुने पूर्वानुमान छ ।
कन्काई, कमला, बागमती जलाधारका केही स-साना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाब बढ़ने र केही स-साना नदीमा आकस्मिक बहाब भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान महाशाखाको छ।
आज प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलदंगा, धनकुटा, ताप्लेजङ, संखुवासभा, प्रदेश २ को बारा, धनुषा, सिराहा, सर्लाही, बागमती प्रदेशको रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, काठमाडौं, सिन्धुली, गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, म्याग्दी, बागलुङ, परासी, लुम्बिनी प्रदेशको नबलपुर, गुल्मी, पाल्पा, दाङ, कर्णाली प्रदेशको जाजरकोट, दैलेख, कालिकोट, सल्यान, सुर्खेत, डोल्पा र आसपास जिल्ला भई बहने स-साना नदीजलाधारमा बहाब केही बढ्ने र केहीमा आकस्मिक बहाब हुन सक्ने पुर्वानुमान रहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।