Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर १३, २०८३ Sun, Nov 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमालेमा रहे पनि ‘एमाले’ हुन नसकिरहेका प्रभु साह

64x64
वीरेन्द्र ओली शनिबार, असार १२, २०७८  ०९:१२
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन विघटन गर्ने कदम चालेपछि सोही दिन राति फेसबुकमा स्टाटस लेख्दै प्रभु साहले त्यसलाई आत्मघाती निर्णय भएको बताए। संविधानको मूल मर्म र जनादेशविपरीत दुई वर्ष कार्यकाल बाँकी रहँदारहँदै प्रतिनिधि सभा विघटनको निर्णय गर्नु आत्मघाती एवं आपत्तिजनक कार्य भएको साहको ठहर थियो।

विघटनपछि तत्कालीन नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपालपक्ष र केपी शर्मा ओलीपक्षले आ-आफ्नो गतिविधि गरे। आफ्नो पक्षको बैठक डाक्न थाले। प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक कार्की ब्याङ्क्वेटमा बस्न थाल्यो। पुस ७ गते त्यहीँ बसेको बैठकले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई चयन गर्‍यो। सो निर्णयप्रति साहले हलमै उठेर असहमति जनाए।

नेपाल र साहबीच रौतहटको निर्वाचन क्षेत्रको राजनीतिलाई लिएर उत्पन्न संघर्षका कारण नेपाललाई अध्यक्ष बनाएकोमा उनले असन्तुष्टि पोखेका थिए। नेपाललाई अध्यक्ष बनाएकोमा साहले प्रचण्ड निवास खुमलटारमै पुगेर समेत असन्तुष्टि जनाए। उनले निर्णय सच्याउन आग्रह गरे। नसच्याए आफू ओलीपक्षमा जाने धम्की पनि दिए। तर, नेपालसँगको सम्बन्ध तोड्नसक्ने अवस्थामा प्रचण्ड थिएनन्। उनले नेपाललाई चिढ्याउनुभन्दा साहलाई त्याग्नु उपयुक्त सम्झे।

उनी पुस ९ गते प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा अनुपस्थित भए। बैठकमा नआएपछि उनी ओली पक्षतिर लागे कि भन्ने चर्चा पनि चल्यो। यसैबीच साहले विज्ञप्ति जारी  गरेर प्रचण्ड-नेपालले अपनाएको दुई अध्यक्षीय प्रणालीप्रति आफ्नो असहमति रहेको सार्वजनिक गरे। ‘नेतृत्वसम्बन्धी विश्वव्यापी मान्यताविपरीत नेपालमै असफलसिद्ध भइसकेको दुई अध्यक्षीय प्रणलीजस्तो गम्भीर विषयमा छलफल नै नगरी अंगीकार गर्ने गलत निर्णयप्रति औपचारिक एवम् अनौपचारिक रुपमा पटक-पटक सुझाव एवम् विमति जाहेर गर्दागर्दै पनि निषेध एवम् निरंकुशताको शैलीमा अगाडि बढाइएको विषयप्रति मेरो गम्भीर असहमति एवम् आपत्ति छ,’ पुस ९ गते जारी उनको विज्ञप्तिमा भनिएको थियो।

प्रचण्ड-नेपालसँग खुला असन्तुष्टि जनाएका साहलाई आफ्नो पक्षमा ल्याउन बालुवाटारलाई गाह्रो भएन। परिणामतः उनी १० गते सहरी विकासमन्त्रीको शपथ लिन शीतलनिवास पुगे। उनीसँगै अन्य चारजना पूर्वमाओवादी नेताहरु त्यसदिन मन्त्री बने।

तत्कालीन माओवादीमा डा. बाबुराम भट्टराई निकट थिए, साह। तर, भट्टराईले माओवादी परित्याग गरी नयाँ शक्ति गठन गर्दा साह उनीसँग गएनन्। उनलाई प्रचण्डले थामथुम पारेर माओवादीमै राख्न सफल भएका थिए। तर, साह प्रचण्डसँग लामो समय रहन सकेनन्।

फागुन २३ देखि ओलीसँग असन्तुष्ट
२०७७ फागुन २३ मा सर्वोच्च अदालतले नेकपाको नाम विवादमा फैसला सुनायो। उसले नेकपा नाम ऋषिराम कट्टेलको हुने भन्ने फैसलाको साथै एमाले र माओवादी केन्द्रको एकतालाई पनि भंग गरायो। साह त्यतिबेलै झस्किएको जानकार नेताहरु बताउँछन्। नेकपामा ओली कित्तामा लागेका साह फागुन २३ गतेपछि एमाले बन्नुपर्ने अवस्था आएको थियो।

उनी माओवादी केन्द्र फर्किन पनि सकेनन्। नेकपामा ओलीलाई साथ दिएपछि उनले प्रचण्डको जिल्ला जिल्लामा पुगेर आलोचना गरेका थिए। कतिपय ठाउमा पुगेर साहले ‘प्रचण्डमुक्त देश बनाउनुपर्ने’ भन्दै गम्भीर खालका अभिव्यक्ति समेत दिएका थिए। त्यसैले उनी प्रचण्डसँग पुनः जोडिन सहज भएन। त्यसैले उनी एमाले नै बन्नुपर्ने बाध्यता सिर्जना भयो।

Ncell 2
Ncell 2
nimb
nimb

साहले भने आफू नेकपा पार्टी, त्यसको विचार र सिद्धान्त मानेर ओली पक्षमा लागेको निकटहरुसँग बताउने गरेका छन्। उनले एमाले हुने थाहा भएको भए आफू ओलीको पक्षमा जाँदैनथेँ भन्दै निकटका नेताहरुसँग गुनासो गर्ने गरेका छन्। ‘प्रभु साह एमालेमा चिढिनुका कारण धेरै छन्। नेकपा भएकाले ओली पक्षमा लाग्नुभएको थियो। तर, सर्वोच्चले एमाले बनाइदियो। एमालेले बोक्ने विचार र सिद्धान्त होइन, तत्कालीन नेकपाको विचार र सिद्धान्त हुनुपर्ने भन्ने उहाँको भनाइ छ,' साहनिकट एक नेता भन्छन्, ‘प्रभु कमरेडले स्थायी कमिटीमा जाने इच्छा देखाउनुभएको थियो। तर ओली कमरेडले वास्ता गर्नुभएन। ज्वालाकुमारी साहलाई मन्त्री बनाउँदा पनि ओलीले प्रभुसँग सल्लाह गर्नुभएन। उहाँको चित्त फाट्दै गएको छ।'

केपी कमरेडले प्रभु कमरेडलाई मन्त्री हुँदा दौरा सुरुवाल किन नलगाएको भनेर मुखै फोरेर भन्नुभएछ। आफूले लगाउने पोसाकमा समेत ओलीले ‘डिक्टेट’ गरेको उहाँलाई मन परेको छैन।

नेकपा एमालेको प्रदेश २ का पदाधिकारी चयन गर्दा ओलीले लिएका निर्णयमा पनि साह असन्तुष्ट छन्। ओलीले सत्यनारायण मण्डललाई हटाएर रघुवीर महासेठलाई इन्चार्ज र ज्वालाकुमारी साहलाई अध्यक्ष बनाएको उनलाई चित्त बुझेको छैन। प्रभु साह आफैंले इन्चार्जको अपेक्षा गरेका थिए। त्यो नपाए, अध्यक्ष भए पनि लिने उनको चाहना रहेको ती नेताको भनाइ छ। तर, ओलीले बेवास्ता गरिदिए।

एमालेको विचार र सिद्धान्त नमान्ने भन्दै साहले बैठकका निर्णयमा समेत हस्ताक्षर गर्न मानेका छैनन्। आफू जोडिएको पार्टी पुरानै एमाले हुन नहुने बरु नेकपाले बोकेको विचार र सिद्धान्त मान्नुपर्ने उनको भनाइ छ। आफूलाई ओलीले स्थायी कमिटीमा नसमेटेकोमासमेत साहको गुनासो छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ओलीका अन्य कतिपय शैलीका कारण पनि प्रभु साह असन्तुष्ट छन्। ती नेताले एउटा प्रसंग सुनाए- ‘केपी कमरेडले प्रभु कमरेडलाई मन्त्री हुँदा दौरा सुरुवाल किन नलगाएको भनेर मुखै फोरेर भन्नुभएछ। आफूले लगाउने पोसाकमा समेत ओलीले ‘डिक्टेट’ गरेको उहाँलाई मन परेको छैन।'

जेठ ६ गते सर्वोच्च अदालतले साहसहित सात जना मन्त्रीलाई जिम्मेवारीमुक्त गरेपछि साह झनै चिढिएका छन्। उनी ओलीसँग खासै निकट सम्बन्ध र सम्पर्कमा बसेका छैनन्। ओलीले आफूहरुलाई सिधै हटाउन नसकेका कारण अदालतको सहायता लिएको उनले आशंका गरिरहेको ती नेता बताउँछन्।

पछिल्लो समय साह प्रदेश २ तिरै रहेर विभिन्न भेला र बैठक गर्ने गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य विश्वनाथ साह बताउँछन्। ‘पछिल्लो समय प्रभुजी यतै प्रदेश २ मै हुनुहुन्छ। केही दिनअघि जनकपुरमा पूर्वमाओवादीको भेला गरेको भन्ने सुनेको थिएँ,’ उनले भने, ‘प्रभुजी एमालेमै रहनुहुन्छ कि माओवादीमा फर्किनुहुन्छ, यसै भन्न सकिँदैन।’

साहले भने आफ्नो पछिल्लो मनस्थिति र सक्रियताका विषयमा कुरा गर्न चाहेनन्। नेपाल लाइभले सम्पर्क गर्दा उनले आफू गृहजिल्लामा भएकाले काठमाडौं आएपछि आफ्ना कुरा राख्ने बताए।

प्रकाशित मिति: शनिबार, असार १२, २०७८  ०९:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ कालो झण्डा देखाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेपछि हिन्दु सम्राट सेनाले त्यसको विरोध गरेको छ । शनिबार, मंसिर १२, २०८३
कांग्रेस सहमहामन्त्री खतिवडा भन्छन्– ‘संविधानले नचिनेका व्यक्तिबाट शासन भइरहेको छ’ शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार गठन भएको नौ महिना बित्दा पनि मुलुकको अवस्थामा सुधार नआएको बताए। न्यायपालिका,... शनिबार, मंसिर १२, २०८३
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले भेटे राष्ट्रपति शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ शनिबार, मंसिर १२, २०८३
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा? शनिबार, मंसिर १२, २०८३
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने शनिबार, मंसिर १२, २०८३
पृथ्वीराजमार्गको भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता शनिबार, मंसिर १२, २०८३
छठघाटमा वृद्धको हत्या गर्नेलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्