• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन ११, २०८३ Mon, Jul 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

श्रेष्ठको पदावधि नथपिँदा सशस्त्रमा नेतृत्वको समीकरण नै फेरियो, को बन्ला आईजीपी?

64x64
नारायण अधिकारी शुक्रबार, असार ११, २०७८  २०:५६
1140x725
डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश (सीपी) गौतम। (बायाँबाट)

काठमाडौं- गत मंगलबार राति १२ बजेबाट सशस्त्र प्रहरी बल (एपीएफ)का नायव महानिरीक्षक (डीआईजी) प्रवीणकुमार श्रेष्ठले अवकाश पाए। सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार डीआईजीको चार वर्षे कार्यकाल पूरा गरेर उनले अनिवार्य अवकाश पाएका हुन्। 

डीआईजीको कार्यकाल चार वर्ष भएपनि सशस्त्र प्रहरी मुख्यालयको सिफारिसमा थप एक वर्ष कार्यकाल थप्न सकिने प्रावधान नियमावलीमा छ। त्यही प्रावधानअनुसार श्रेष्ठको पदावधि थप्ने प्रयास मंगलबार दिनभर नै गरिए पनि उनको पदावधि थप भएन। सर्वोच्च अदालतको आदेशसँगै गृहमन्त्री खगराज अधिकारी स्वतः पदमुक्त भएपछि विभागीय मन्त्री नै नभएकाले पदावधि थपका लागि आफूले हस्ताक्षर नगर्ने भन्दै मुख्यसचिव शंकरदास बैरागीले हस्ताक्षर नगरेपछि श्रेष्ठ अनिवार्य अवकाश भए। 

२०७४ असार ९ गते डीआईजीमा बढुवा भएका श्रेष्ठ नम्बर ७ बाहिनीका बाहिनीपति थिए। नियमावलीमा उल्लेख भएअनुसार १ वर्ष पदावधि थप गरिएको भए उनी सशस्त्र प्रहरी बलको नेतृत्वमा पुग्ने थिए। आउँदो चैत २८ गतेबाट तीन साताका लागि वर्तमान अतिरिक्त महानिरीक्षक (एआईजी) द्वय पुष्पराम केसी र रामशरण पौडेलमध्ये एकजना सशस्त प्रहरी महानिरीक्षक (आईजीपी) बन्नेछन्। ३० वर्षे सेवा अवधिका कारण उनीहरु दुवैले अवकाश पाएसँगै श्रेष्ठ सशस्त्रको आईजीपी नियुक्त हुने थिए। उनी २०८२ कात्तिक १६ सम्म अर्थात् पूरै साढे तीन वर्ष आईजीपी हुने रोलक्रममा थिए। 

अवकाशप्राप्त डीआईजी प्रवीणकुमार श्रेष्ठ।

पदावधि थप नभएर उनले अनिवार्य अवकाश पाएसँगै सशस्त्र प्रहरी बलको नेतृत्वमा पुग्ने समीकरण नै बदलिएको छ। 

यस्तो हुनेछ आईजीपी बन्ने समीकरण
सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार सशस्त्रका आईजीपीको तीन कारणले अनिवार्य अवकाश हुन्छ। ३० वर्षे सेवा अवधि, ५८ वर्ष उमेर हद वा महानिरीक्षकका रुपमा चार वर्षको पदावधिमध्ये जुन पहिले पूरा हुन्छ, त्यहीअनुसार आईजीपीले अवकाश पाउँछन्। वर्तमान आईजीपी शैलेन्द्र खनालको पदावधि आउँदो चैत २८ गते चार वर्ष पुग्दैछ। चार वर्षे पदावधि पूरा भएकाले उनी सोही कारण अनिवार्य अवकाशमा गएपनि उनकै ब्याची एआईजी पुष्पराम केसी र रामशरण पौडेल भने ३० वर्षे सेवा अवधिका कारण केही समय सेवामै रहन्छन्। 

उनीहरुको २०७९ वैशाख १८ गते सेवा प्रवेश गरेको ३० वर्ष पुग्छ। एआईजीको पदावधि पनि चार वर्ष नै भएपनि आईजीपीको सिफारिसमा सरकारले एक वर्ष पदावधि थप गर्न सक्छ। सोहीअनुसार गत वैशाख १३ गते नै उनीहरुको पदावधि थप भइसकेको छ। त्यहीकारण आफ्नै ब्याची आईजीपीले अवकाश पाउँदा पनि उनीहरुमध्ये एक जना आगामी चैत २८ गतेदेखि तीन हप्ताका लागि आईजीपी बन्नेछन्।  

तीन हप्ताका लागि उनीहरुमध्ये एकजना आईजीपी बन्ने भएपछि एआईजीको एक पद रिक्त हुन्छ। सशस्त्रमा अहिले दुईजना एआईजीको दरबन्दी छ। रिक्त रहेको एक एआईजी पदका लागि हाल प्रवक्ताको जिम्मेवारीमा रहेका डीआईजी राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश (सीपी) गौतमबीच प्रतिस्पर्धा हुन्छ।

सशस्त्रमा यी तीन डीआईजी भन्दा सिनियर दुई डीआईजी (मन्दिप श्रेष्ठ र खड्ग राई) छन्। उनीहरु डीआईजी भएको गत माघ २४ मै चार वर्ष पुगिसकेको छ। उनीहरुको एक वर्ष म्याद थप भएकाले त्यसअघि अर्थात् आउँदो माघ २४ मै उनीहरु अनिवार्य अवकाशमा जानेछन्। त्यसपछि सिनियर डीआईजी अर्याल, पौडल र गौतम बाँकी रहन्छन्। चैत २८ पछि रिक्त हुने एआईजीमा उनीहरुमध्ये एकजनाको बढुवा हुनेछ। र, त्यसरी बढुवा हुनेले नै त्यसपछि सशस्त्र प्रहरीको आईजीपीका प्रमुख दाबेदार बन्नेछन्। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यहीकारण आगामी चैत २८ गते रिक्त हुने एक एआईजी पदमा बढुवाका लागि डीआईजी राजु अर्याल, नारायणदत्त पौडेल र सीपी गौतमबीच प्रतिस्पर्धा हुुनेछ। 

उनीहरुमध्ये पहिलो नम्बर डीआईजी अर्याल छन्। अर्याल आउँदो चैत २८ मा एआईजीमा बढुवा भएको अवस्थामा त्यसको तीन सातापछि अर्थात् २०७९ वैशाख १८ गते आईजीपी नियुक्त हुनेछन्। त्यसपछि रिक्त दुई एआईजीमा पौडेल र गौतमको बढुवा हुनेछ। 

२०५४ वैशाखमा सेवा प्रवेश गरेका अर्याल आईजीपी नियुक्त भएमा पूरै चार वर्ष सशस्त्रको नेतृत्वमा रहनेछन्। ३० वर्षे सेवा अवधि २०८४ सालमा पुग्ने भए पनि आईजीपीको चार वर्षे पदावधिका कारण उनले २०८३ वैशाखमा अनिवार्य अवकाश पाउनेछन्। 

उनीपछि एआईजीमा बढुवा हुने पौडेलको चार वर्ष र थप एक वर्ष पदावधि थपिएमा अर्यालपछि उनको पनि आईजीपी नियुक्त हुने सम्भावना कायमै रहनेछ। पौडेल २०५४ का ब्याची भएकाले २०८३ वैशाखबाट २०८४ वैशाखसम्म एक वर्ष सशस्त्र प्रहरीको नेतृत्वमा रहनसक्छन्। गौतम भने २०५२ को भर्ना भएकाले एआईजीका रुपमा तीन वर्ष पूरा गरेर स्वतः अवकाशमा जानेछन्। 

गौतम अवकाशमा गएपछि २०७६ माघ १४ मा डीआईजी भएका वंशिराज दाहाल र किशोर प्रधानमध्ये एकजना एआईजीमा बढुवा हुनेछन्। उनीहरुसँगै डीआईजी भएका कृष्णभक्त ब्रह्मचार्य, हरिशंकर बुढाथोकी र राजेन्द्र बस्नेत अनिवार्य अवकासमा गइसकेका छन्।

भर्खरै अनिवार्य अवकाश पाएका श्रेष्ठको पदावधि थप भएको भए अर्याल र पौडेल आईजीपी बन्ने बाटो नै बन्द हुन्थ्यो। तर, उनको पदावधि थप नभएसँगै सशस्त्रको नेतृत्वको समीकरण नै बदलिएको छ। 

तीन डीआईजी खाली
श्रेष्ठले अनिवार्य अवकाश पाएसँगै सशस्त्र प्रहरी बलमा तीन जना डीआईजीको दरबन्दी खाली भएको छ। श्रेष्ठभन्दा अघि नै प्रजाभक्त श्रेष्ठ र वसन्तकुमार बानियाँले अनिवार्य अवकाश पाएका थिए। 

रिक्त डीआईजीमा बढुवाका लागि दर्जन बढी एसएसपीहरु प्रतिस्पर्धामा छन्। एसएसपीहरु कालीदास धौबजी, कुमार न्यौपाने, विदुर खड्का, प्रदीपकुमार पाल, भेषबहादुर शाह, लक्ष्मणबहादुर सिंह, कृष्णराज पाठक, प्रेमराज पोखरेल, इन्द्रराज कार्की, शान्तिकुमार कार्की र नेत्रकुमार खत्रीलगायत एसएसपी प्रतिस्पर्धामा छन्। उनीहरु २०७५ सालमा एसएसपीमा बढुवा भएका हुन्।

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  २०:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मुखभित्र लुकाइएको खैरो हेरोइनसहित झापाका एक युवक पक्राउ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाकाअनुसार शनिबार साँझ भारतबाट पैदल नेपाल प्रवेश गरेका झापाको अर्जुनधारा नगरपालिका-९ क... आइतबार, साउन १०, २०८३
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ शुक्रबार राति करिब ११:०० बजे लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी वरिष्ठ हवल्द... शनिबार, साउन ९, २०८३
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास आत्मदाह गर्न खोज्ने २७ वर्षीय विशाल तामाङलाई प्रहरी नियन्त्रणमा लिएर छाडेको छ। तामाङ रामेछापको दोरम्बा गाउँपालिका–१ का स्थानीय हुन्... मंगलबार, साउन ५, २०८३
ताजा समाचारसबै
सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट सोमबार, साउन ११, २०८३
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जका सडकमा सेना सोमबार, साउन ११, २०८३
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्