काठमाडाैं- बलिउड अभिनेत्री पायल रोहतगी पक्राउ परेकी छन्। सोसाइटीका चियर पर्सनसँग विवाद पछि सामाजिक सञ्जालमा अश्लिल शब्दको प्रयोग गरेर पोष्ट गरेको आरोपमा उनलाई अहमदावाद प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
उनलाई सोसाइटीको चियर पर्सनलाई ज्यान मार्ने धम्की दिएको र सोसाइटीका मानिससँग झगडा गरेको आरोप समेत लागेको छ। यद्यपि, उक्त पोष्ट उनले डिलिट गरिसकेकी छन्।
सोसाइटीका एक सदस्य तथा डाक्टर जयशले पायलको क्रियाकलाप सभ्य नभएको, सानोसानो कुरामा अरुसँग झगडा गर्ने, सोसाइटीका बच्चालाई खुट्टा भाच्ने धक्की दिने समेत गरेको बताएका छन्।
‘२० जुनमा सोसाइटीमा एक मिटिङ भएको थियो। उनी मिटिङको सदस्य थिइन्। तै पनि उनी मिटिङमा सहभागी भएर बोल्न थालिन्। सोही कारणले चियर पर्सनले उनलाई सम्झाएका थिए। त्यसैमा उनले चियर पर्सनलाई गाली गर्न थालिन्’ उजुरीमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।