पर्वत- मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोदी गाउँपालिका–५ बाजुङका १७ वर्षीय अर्जुन कुँवर रहेका छन्।
मोदीबाट कुश्मातर्फ आउँदै गरेको ग२०प २३०५ नंको मोटरसाइकल खरेहामा आइपुग्दा डिभाइडरमा बिहीबार ठोक्किदा पछाडि सिटबाट खसेका कुँवर गम्भीर घाइते भएका थिए।
उपचारका क्रममा उनको आज बिहान गण्डकी अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।