काठमाडाैं- १३औं दक्षिण एसियाली खेलकुद (साग)काे जुडोकी कास्य पदक विजेता सोनिया भट्टले टोकियो ओलम्पिक खेल्ने भएकी छन्।
भट्टले वाइल्ड कार्ड प्राप्त गरेको नेपाल आलम्पिक कमिटी (एनओसी) ले जनाएको हाे। जुडो इन्द्रबहादुर श्रेष्ठको नाम पनि वाइल्ड कार्डका लागि सिफारिस गरिएको थियो।
१९ वर्षे सोनियाले आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेकी थिइन्। याेसँगै जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ टोकियो ओलम्पिकमा ५ नेपालीले भाग लिने पक्का भएकाे छ। यसअघि सुटिङकी कल्पना परिवारले वाइल्ड कार्ड पाएकी थिइन्।
पौडीकी गौरिका सिंह र एलेक्स शाहले पनि ओलम्पिकमा सहभागिता जनाउने छन्। यस्तै, म्याराथन गोपीचन्द्र पार्कीले ओलम्पिक खेल्ने यसअघि नै पक्का भइसकेको छ।
वाइल्ड कार्ड पाएकी तेक्वान्दो खेलाडी पेलेशा गोवद्र्धन ले भने ओलम्पिक पछि जापानमै हुने पारालिम्पिक्समा सहभागिता जनाउने छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।