फाइल तस्वीर
काठमाडौं– सिन्धुपाल्चोकको हालैको प्राकृतिक विपतको व्यवस्थापन तथा राहत कार्यलाई प्रभावकारी रुपमा अघि बढाइने प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।
जिल्लामा हालैको बाढी पहिरोले पुर्याएको क्षतिलाई सम्बोधन गर्ने मागसहित शुक्रबार प्रधानमन्त्री ओली समक्षलाई भेट गर्न पुगेको एमाले बागमती प्रदेश कमिटीको प्रतिनिधि मण्डलसामु उनले सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका हुन्।
सो क्रममा उनले पुल बगाएको स्थानमा बेलिब्रिज व्यवस्था गर्ने कुरामा सरकारको ध्यान पुगेको बताउँदै प्रधानमन्त्रीले बाढीको पूर्वसूचना दिन साइरन राख्ने, कटान रोक्न तार जालीको व्यवस्था गर्न तथा पीडित परिवारलाई जस्ता एवं स्थानीय सामग्रीको प्रयोगबाट तत्काल अस्थायी आवासको व्यवस्था गर्न निर्देशन दिए।
प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पेश गर्दै नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीका अध्यक्ष आनन्द पोखरेलको मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको सम्पूर्ण उपचार खर्चको व्यवस्थापन गर्न, बहु आयामिक विज्ञ प्राविधिक टोली खटाई डिटेल सर्वेमार्फत पुनः निर्माणको लागि लागत अनुमान र बजेट व्यवस्था गर्न माग गरे।
यसै गरी विस्थापित ४ सय परिवारको अस्थायी बसोबासको लागि प्रति परिवार ८ बन्डल जस्ता उपलब्ध गराई अस्थायी बासस्थान निर्माण गर्ने नदी किनाराका बजार संरक्षण र पुनः व्यवस्थापनको लागि तत्कालै तटबन्ध निर्माण गरी बजार सुचारु गर्न र भत्केका घरहरूको पुनर्निर्माण र पुरिएका घरहरुलाई मर्मत सुधार गराउने व्यवस्था गर्न र बिग्रे भत्केका मोटर बाटोहरुको तत्कालै मर्मत सुधार गरी मोटर सञ्चालन गर्ने व्यवस्था गर्न ज्ञापनपत्रमा माग गरिएको छ।
क्षतिग्रस्त प्रहरी चौकीको पुनःस्थापना, पानी जन्य रोग तथा अन्य सरुवा रोग रोकथाम नियन्त्रण र उपचारको लागि स्वास्थ्य शिविर सञ्चालन तथा तत्कालै खाद्यान्न र अन्य राहतको उचित प्रवन्ध गर्नसमेत माग गरिएको छ।
सिन्धुपाल्चोकमा असार १ गते पछि परेको अविरल वर्षापछि उत्पन्न बाढी पहिरोका कारण १६ जनाको मृत्यु भएको ५ भने ४ सय परिवार विस्थापित भएका छन्। सबै स्थानमा गरी ३ सय ३७ वटा घर र ६० वटा गोठ ), ६ वटा मोटर पुल र १३ वटा झोलुंगे पुल बगाएको छ।
यसैगरी, मेलम्ची नदीले कटान गर्दा हेलम्बु २ को किउल बगरमा रहेको प्रहरी चौकी भवन लडाएको छ भने २ वटा विद्यालय (सरस्वती मावि र तेर्से मावि ) भवन उच्च जोखिम रहेका छन्। विभिन्न स्थानमा सडक मार्ग भत्किएर बगरमा परिणत भएका छन् नदिकिनारका वस्ती पहिरोले पुरेको र लेदो थुप्रिएर पुरै यातायात बन्द भएको भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।