सांकेतिक तस्वीर
स्याङ्जा- चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुन चौपारी गाउँपालिका–२ घडेरीका १५ वर्षीय रोहित गुरुङ रहेका छन्।
घरमा सुतिरहेका रोहितलाई शुक्रबार विहान करिब ५ बजे चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
घटनाको थप विवरण संकलन गर्न प्रहरी निरीक्षक अर्जुन विकको नेतृत्वको टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।