काठमाडौं- टिप्परले ठक्कर दिँदा काठमाडौंमा एक जनाको ज्यान गएको छ।
शुक्रबार विहान गोकर्णेश्वर नगरपालिका-९ जगडोलमा बा ४ ख ८२२९ नम्बरको टिप्परले ठक्कर दिँदा साइकल यात्रीको ज्यान गएको प्रहरीले जनाएको छ। अन्दाजी ३० वर्षका पुरुषको परिचय भने खुलेको छैन।
अत्तरखेलस्थित नेपाल मेडिकल कलेज उपचारका क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ। टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।