काठमाडौं- मनसुनी वायुको प्रभाव देशैभर रहेकाले शुक्रबार अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रहने र देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण नदीहरुमा बाढीको सम्भावना रहेको छ।
आज कन्काई, कोशी, कमला, बागमती जलाधारका केहि स-साना सहायक नदीमा क्षणिक मध्यम/भारी बर्षा भई बहाब केही बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाब हुन सक्ने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
शुक्रबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब स्थिर अवस्थामा रहेको तथा सबैमा बहाव सतर्कता सह भन्दा तलै छ।
आज नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब सामान्य घटबढ हुने, कोशी र यसका स-साना सहायक नदीमा बहाब उल्लेख्य बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाब भइ सतर्कता नहु भासपाससम्म पुग्न सक्ने पूर्वानुमान छ।
त्यस्तै पश्चिम राप्ती, बबईमा बहाब केही बढ्ने तर सतर्कता तह भन्दा तले हुने पूर्वानुमान छ। कन्काई, कमला, बागमती, जलाधारका केही साना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाब बढ्ने र केही स-साना नदीमा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान महाशाखाले गरेको छ।
आज प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुंगा, धनकुटा, ताप्लेजुङ, संखुवासभा, प्रदेश २ को सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सर्लाही, बागमती प्रदेशको रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, काठमाडौं, सिन्धुली, गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्बत, म्याग्दी, बागलुङ, मनाङ, लुम्बिनी प्रदेशको गुल्मी, पाल्पा, कपिलवस्तु, रुपन्देही, दाङ, कर्णाली प्रदेशको मुगु, डोल्पा, सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, अछाम, कञ्चनपुर, कैलाली र आसपासका जिल्ला भइ बहने स-साना नदी जलाधारमा बहाब बढ्ने र केहीमा आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।