काठमाडौं- निरन्तरको वर्षापछि आरुणखोला लगातयका स-सना नदीमा बाढीको जोखिम बढेको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ३ घण्टामा नवलपुरस्थित आरूण बतासा वर्षामापन केन्द्रमा भारी वर्षामापन भएको छ।
भारी वर्षाका कारण आरूणखोला लगायतका स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा दिउँसोसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।