फाइल तस्वीर
काठमाडौं– पहिरोले अवरुद्ध बनेको अरनिको राजर्माग सञ्चालन गर्न समस्या देखिएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकास्थित कोदारी र लिपिङमा गएको पहिरो पन्छाउन भूगोल र मौसमी समस्या देखिएको सडक विभागले जनाएको छ।
अवरुद्ध सडक सञ्चालनका लागि भित्ता काट्नु पर्ने र त्यस्ताे गर्दा बजारमाथि रहेको बस्ती नै जोखिममा पर्ने देखिएकाले समस्या उत्पन्न भएको डिभिजन सडक कार्यालय दोलखाले जनाएको छ। राजमार्ग अवरुद्ध हुँदा तातोपानी नाकाभए)र भित्रिएका विभिन्न सामग्री काठमाडौं ल्याउनसमेत समस्या भएको व्यवसायीको भनाइ छ।
गत ६ गते भोटेकोशी नदीले कटान गरेको कोदारीस्थित करीब ६० मिटर सडकलाई तीन दिन लगाएर ट्रयाक खेलीसकेकामा गए रातिको वर्षाले अझ बढी क्षेत्रफल तानेको हुँदा पहिरो फराकिलो हँदै गएको छ। सडक खुलाउन भित्ता काट्नुपर्ने र त्यसो गर्दा माथिको बस्ती उच्च जोखिममा पर्ने देखिएको हो।
असार २ गते लिपिङपुल नजिक करीब २५ मिटर सडक भास्सिएको हुँदा त्यो पनि खुलाउन समस्या देखिएकाले यथावत रहेको छ। त्यस क्षेत्रमा दैनिक पानी पर्नेक्रम रोकिएको छैन। नदीको बहाव बढेको हुँदा कटानको क्रमसमेत बढ्दै गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।