काठमाडाैं- बहराइनको एक अस्पतालमा लामो समयदेखि उपचारत एक नेपालीलाई चार्टर्ड जहाजमार्फत नेपाल फर्काइएकाे छ।
गतवर्ष ५ मेमा बिरामी परेर कोमामा पुगेका ती नेपालीलाई बिहीबार हिमालय एयरलाइन्सको चार्टर्ड विमानमार्फत काठमाडौं ल्याएकाे हाे।
उनकाे एक वर्षसम्म किङग हमाद अस्पतालमा उपचार गरिएको थियो। उपचार गर्दा उनको २८ हजार ९७४ बहराइनी दिनार ( नेपाली करिव ९४ लाख) अस्पालमा खर्च उठेको थियो।
उपचारबापत उठेको सो बिल बहराइन सरकारले मिनाह गरिदिएको मान्मास्थित नेपाली दूतावासले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।