• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख १३, २०८३ Sun, Apr 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बालबालिकालाई इन्टरनेटमा के देखाउने, के नदेखाउने? अभिभावककै हातमा छ यो भूमिका

64x64
नेपाल लाइभ शनिबार, असार १२, २०७८  ०७:०१
1140x725

काठमाडौं- साइबर कानुन विज्ञ बाबुराम अर्यालका दुई छोरी छन्- आहाना र आसियाना। आहाना ६ वर्षकी भइन् भने आसियाना तीन वर्षकी। यी दुई दिदीबहिनीले टेलिभिजनमा हेर्ने विषयवस्तु फरक हुन्छ। आहाना तीन वर्ष हुँदा मन पराउने विषयवस्तु अहिले मन पराउँदिनन्। आसियाना दिदीले हेर्ने विषयवस्तुमा ध्यान दिन सक्दिनन्। 

आफूले चाहेको भिडियो हेर्न यी दुईको प्रतिस्पर्धा चल्छ। तर, यसलाई उनका बाबुले उनीहरूमार्फत् नै समाधान गरे।

उनले सानी छोरी आसियानालाई सोधे, ‘मेरो कतिजना छोरी छन्?’ 

आसियानाले जवाफ दिइन्- दुई जना। 

बाबुरामले फेरि सोधे, ‘अनि घरमा टिभी कतिओटा छ?’ 

nimb
nimb
Ncell 2
Ncell 2

आसियानाले जवाफ फर्काइन्- एउटा मात्रै। 

‘त्यसो भए अब के गर्ने त?’, बाबुरामले फेरिस प्रश्न गरे।

आसियानाले तोते बोलीमा जवाफ दिइन्- टर्न बाइ टर्न हेर्ने।

इन्टरनेट जोडिएको टेलिभिजनमा यी दुई पालैपालो आफूलाई मन परेका भिडियो हेरेर रमाउँछन्। ‘एउटा भिडियो १० देखि १५ मिनेटको हुन्छ। एउटालाई मन पर्ने भिडियो सकिएपछि अर्कोले हेर्ने। अनि अर्कोको सकिएपछि अर्कोले हेर्ने गर्छन्’, अर्यालले सुनाए। 

आफ्नै साना दुई छोरी भएकाले बाबुराम बालबालिकाको इन्टरनेट प्रयोगबारे विशेष ध्यान दिन्छन्। उनी बालबालिकालाई इन्टरनेटले आफूले सिकाउन नसकेका कुरा सिकाउन सकिने बताउँछन्। 

अहिले अनलाइन कक्षाका लागि भन्दै बालबालिका अधिक समय इन्टरनेटमा व्यस्त छन्। उनकै छोरीहरू पनि बिहान ९ बजेदेखि नै अनलाइन कक्षामा हुन्छन्। हरेक विषयको कक्षा सकिएपछि स्कुलले ३ देखि ५ मिनेटका लागि स्कृन ब्रेक दिन्छ। र, बीचमा एक घण्टा छुट्टी। यसरी उनीहरूको अनलाइन कक्षा १ बजेसम्म चल्छ। केही समय मनोरञ्जन लिनुपर्दा पनि उनीहरू युट्युबमा भिडियो हेर्छन्। अर्थात्, उनीहरू अधिकांश समय इन्टरनेटमै व्यस्त हुन्छन्। यसले हानी हैन फाइदा पुगेको बाबुरामको भनाइ छ। 

उसो भए डिजिटल अपराधबाट बालबालिका कसरी जोगाउने? बालबालिकालाई सही तरिकाले इन्टरनेट चलाउन कसरी सिकाउने भन्ने विषयमा साइबर कानुनका विशेषज्ञ अर्यालसँग नेपाल लाइभका लागि पुष्पा थपलियाले गरेको कुराकानी :
कोरोनाले  सिर्जित विषम परिस्थितिपछि बालबालिका इन्टरनेटमा झन् धेरै व्यस्त छन्, यसले केही असर गर्छ कि गर्दैन?
असर गर्छ कि गर्दैन भन्दापनि यसरी बालबालिका इन्टरनेटमार्फत एक्स्पोज हुँदा प्रभाव कस्तो पर्छ भन्दा सकारात्मक सुनिन्छ। म आफैं दुई बालबालिकाको बाबु भएकाले पनि यसले नराम्रो भन्दा राम्रै गरेको पाएको छु।
यो प्ल्याटफर्मबाट जसरी मेरा बालबालिकाले कुराहरू सिकिरहेका छन्, यसबाट म निकै खुशी छु। हामीलाई समेत छक्क पार्ने कुराहरू उनीहरूले इन्टरनेटबाट सिकेका छन्। यसले शारीरिक र मानसिक दुवै पक्षलाई असर त गर्छ नै, सम्भावित जोखिम छ तर गतिलो तरिकाले चलाउन सिकाउने हो भने बालबालिकालाई इन्टरनेटले दिने फाइदा सकारात्मक छ। 
तपाइँले कसरी बालबालिकाका लागि प्रयोगमा ल्याउनुभएको छ?
अहिले उनीहरूको स्कुल जाने गतिलो प्ल्याटफर्म बनेको छ। शहरी क्षेत्रमा यो निकै प्रभावकारी छ। गाउँघरतिर यसको अवस्था के छ त्यो भने थाहा भएन। मैले मेरो आफ्नै कथा सुनाउँदा उनीहरूलाई अभिभावकले गाइड गर्नुपर्छ। 
उनीहरूको रुचि के मा छ, के गरिरहेका छन् भन्ने कुरा ध्यान दिनुपर्छ। महामारीमा अभिभावक संवेदनशील भए बालबालिकाले सिके, संवेदनशील भएनन् भने सिक्नुको कुरा परै जाओस् झनै समस्याको दलदलमा फस्न सक्छन्। 
मेरो ठूली छोरी गीत गाउन मन पराउँछिन्। लिरिक्स पढ्न पनि नआउने समयमा भिडियो र शब्द सुनेर गीत गाउन सिकिन्। मानव सभ्यताको सुरुवात कसरी भयो, डाइनोसर कसरी हरायो भन्नेजस्ता कुरा इन्टरनेटमा देखाउन सकिन्छ। यसले उनीहरूको उत्सुकता बढेर आउने रहेछ। अर्को कुरा, गोलभेडा कसरी उम्रन्छ र फल्छ, जुनकिरी कसरी बल्छ जस्ता कुराहरू उनीहरूलाई देखाउन सकिन्छ। अवश्य पनि उनीहरूलाई भिडियो गेममा रुचि हुन्छ। उनीहरू मनोरञ्जन पनि भिडियोबाटै लिइरहेका हुन्छन् भने, खतरा बढी पनि भिडियोबाटै छ। 
छोरीले सुनाएअनुसार, केही भिडियो बच्चाको कन्टेन्ट भएपनि त्यहाँ भुतको कथा हुने, प्रयांकका भिडियो आउने पनि हुन्छ। यसले उनीहरूको दिमागलाई असर गर्नसक्छ। त्यसैले उनीहरू के हेरिरहेका छन् भनेर हिस्ट्रीमा हेर्न सकिन्छ।
युट्युबमा युट्युब किड्स र नर्मल युट्युब छ। त्यसैले उनीहरूलाई ग्याजेट दिँदा युट्युब किड्स राखेर दिनुपर्छ। अहिले स्कुल जान सकेका छैनन्, उनीहरू साथीसँग संवाद गर्ने माध्यम म्यासेन्जर हो। फेसबुकले किड्स म्यासेन्जर बनाएको छ, जहाँ अभिभावकमार्फत् मात्रै त्यसमा जान सकिन्छ।
मेरो ठूली छोरीले सुनाएअनुसार, भिडियो हेर्दा विज्ञानपन आइरहेको हुन्छ। त्यो लिंकमा क्लिक गर्‍यो भने, प्रयांकका भिडियो आउने, विभिन्न कुरा देखाएर पैसा माग्ने जस्ता ठाउँमा बालबालिका पुग्छन्। त्यसैले उनीहरूलाई त्यस्ता लिंक क्लिक नगर्न सुझाउनुपर्छ।
तीन वर्षको छोरीलाई चाहिँ के देखाउनुहुन्छ?
उही हो। दुवैले हेर्ने कन्टेन्ट एकै भएपनि उनीहरूको रुचि भने फरक हुनसक्छ। यसका लागि समयतालिका बनाइदिने गरेको छु। अनलाइन कक्षा पनि लिइरहेको छ। सानो बच्चाका लागि अनलाइन कक्षा प्रभावकारी हुने र नहुने भन्ने कुरा कस्तो शिक्षक या विद्यालयको अनलाइन कक्षामा छ भन्नेले फरक पार्छ। आफ्नो बालबालिका कसरी हुर्काउने, अनलाइन कक्षा कसरी दिलाउने या इन्टरनेटमा के कस्ता कुरा देखाउने भन्ने कुराको जिम्मा ९५ प्रतिशत अभिभावकको हातमा हुन्छ।
डिजिटल अपराधमा बालबालिकाको संलग्नता बढी छ, न्यूनीकरण कसरी गर्ने?
बालबालिकालको दिमागले के सही के गलत छुट्याउन सकिरहेको हुँदैन। ज्ञान छ तर, त्यसलाई विवेकसंगत प्रयोगको क्षमता हुँदैन। त्यही भएर त बालबालिकाको अपराधमा सजाय हुँदैन, भइहाले पनि कम हुन्छ। 
हामी बालबालिकाको उमेर अनुसार तीन तहमा बाँडेर यसलाई हेर्न सक्छौं। ८ वर्षसम्मका बालबालिका, ८ देखि १२ वर्ष सम्मका बालबालिका र १२ देखि १८ वर्षसम्मका बालबालिका। 
१२ देखि १८ वर्षको उमेरका बालबालिकालाई हेर्ने हो भने, उनीहरू हरेक कुरामा एड्भान्स हुन्छन् तर विवेक प्रयोग गर्न सक्दैनन्। उनीहरू अपराधमा फस्छन्। उनीहरू जिज्ञासु हुन्छन् र च्यालेन्ज एक्सेप्ट गर्ने प्रकृतिको हुँदा अपराधको दलदलमा फस्ने हुन्। त्यसैले १४ देखि माथिका बालबालिका अपराधमा संलग्न भएका घटना धेरै भेटिएका छन्। ८ देखि १२ वर्षका बालबालिका भने भिक्टिम बनिरहेका हुनसक्छन्। यसलाई समयमै समाधान गर्न सकेन भने उनीहरू झनै फस्दै जानसक्छन्। 
समाधान कसरी गर्ने त?
अहिले डिजिटल प्यारेन्टिङको कुरा पनि चलिरहेको छ। त्यसैले बालबालिकामा हुनसक्ने सम्भावित जोखिमबाट जोगाउन अभिभावक, स्कुल लगायत सरोकारवाला सबैले ध्यान दिनपर्छ। बालबालिका मन्त्रालय छ र यसले केही कानुन बनाएको पनि छ। यो सबैको सहकार्यमा इकोसिस्टम भन्छन् नि, हो त्यसैगरी चल्ने कुरा हो।
एउटाले मात्रै गर्छु भनेर मिल्दैन। सिकाइको पहिलो स्थान घर नै हो, त्यसैले अरु भन्दा धेरै जिम्मेवारी अभिभावकले नै लिनुपर्छ। हामी जति सिकाउँछौं त्यति नै बालबालिकाले सिक्ने हो। बालबालिकाले बाटो बिराए भने त्यो जस्तो ठूलो सजाय अभिभावकका लागि केही हुँदैन।

प्रकाशित मिति: शनिबार, असार १२, २०७८  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल
कृषि उत्पादनमै कर लगाउँदा उत्पादन क्षेत्र निरुत्साहित हुने सांसद पराजुलीको टिप्पणी
सरकार संसद्‌बाट भाग्ने होइन : ज्ञानबहादुर शाही
सम्बन्धित सामग्री
गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो कार्यालय प्रमुख मनोजप्रसाद पटेलले पर्सा जिल्लामा पर्ने नहरको करिब २६ किलोमिटर क्षेत्रफलमा अतिक्रमण हटाउने कार्य सुरुआत गरिएको जानकार... आइतबार, वैशाख १३, २०८३
चट्याङ लागेर रोल्पामा एक जनाको मृत्यु जिल्लाको परिवर्तन गाउँपालिका-४ को तातोपानी तुसारबोटका ७७ वर्षीय लालु वलीको मृत्यु भएको हो। आइतबार, वैशाख १३, २०८३
मनोहरा सुकुमबासी बस्तीमा चल्याे डाेजर आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको जिल्ला... आइतबार, वैशाख १३, २०८३
ताजा समाचारसबै
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल आइतबार, वैशाख १३, २०८३
कृषि उत्पादनमै कर लगाउँदा उत्पादन क्षेत्र निरुत्साहित हुने सांसद पराजुलीको टिप्पणी आइतबार, वैशाख १३, २०८३
सरकार संसद्‌बाट भाग्ने होइन : ज्ञानबहादुर शाही आइतबार, वैशाख १३, २०८३
समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न सरकारले ल्यायो नयाँ कार्यविधि आइतबार, वैशाख १३, २०८३
भारतीय विदेश सचिव मिस्री नेपाल आउने आइतबार, वैशाख १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
देशका विभिन्न जिल्लामा भारी वर्षा, लमजुङमा सबैभन्दा धेरै शनिबार, वैशाख १२, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
ज्ञानेन्द्र शाहीले भने– वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य शनिबार, वैशाख १२, २०८३
भारतीय विदेश सचिव मिस्री नेपाल आउने आइतबार, वैशाख १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्