काठमाडौं- आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने ज्वाला संग्रौला र उनको समूहका दुई जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको छ।
जिल्ला प्रशासनले कार्यालय काठमाडौंले अनुसन्धानका लागि ५ दिन म्याद थप गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी अशोक सिंहले बताए। संग्रौलासँगै हिमाल उपाध्याय र शर्मिला वाइबा पनि पक्राउ परेका थिए।
यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ परेका तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न असार ७ गते प्रहरीलाई तीन दिनको समय दिएको थियो।
युवा संघकी केन्द्रीय सदस्य खुश्बु घिमिरेले आफूमाथि ज्वालाको समूहले प्रहरी कार्यालयभित्रै कुटपिट गरेको गरेको भन्दै उजुरी दिएकी थिइन्। त्यसपछि प्रहरीले उनीहरुलाई अभद्र व्यवहारको कसूरमा अनुसन्धानका लागि भन्दै पक्राउ गरेको थियो। उनीहरुमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ।
त्यससँगै उनको समूहमाथि जातीय विभेद र सरकारी कागजात कीर्ते गरेको विषयमा पनि अनुसन्धान हुने प्रहरीले जनाएको छ।
घिमिरेमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको भन्दै प्रहरीमा उजुरी पुगेको थियो संग्रौलाको समूहले अघिल्लो महिना महानगरीय ट्राफिक प्रहरी प्रभाग, महाराजगञ्जका असई मणिकान्त झामाथि समेत प्रहरी कार्यालयभित्रै पुगेर जातीय र साम्प्रदायिक विभेद हुने अभिव्यक्ति दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।