फाइल तस्वीर
सिन्धुपाल्चोक– हालैको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरो प्रभावित सिन्धुपाल्चोकमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जले बिहीबार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
प्रहरी अस्पतालबाट प्रहरी वरिष्ठ उपरीक्षक डा. सञ्जय विक्रम श्रेष्ठको नेतृत्वमा खटिएको २१ जनाको विशेषज्ञ टोलीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-४ चिलौनेघारीस्थित मेलम्ची भ्याली कलेजमा शिविर सञ्चालन गरेको हो। शिविरका क्रममा बाढी प्रभावित क्षेत्रका १ सय ७९ जना स्थानीयलाई चेकजाँच गरी नि:शुल्क औषधि वितरण गरिएको प्रहरी अस्पतालले जानकारी दिएको छ।
शिविरमा मानसिक रोग, ज्वरो, हातखुट्टा सुनिएका तथा दुखेका, पेट सम्बन्धी, स्त्री तथा प्रसुती रोग, बाल रोग, दन्त रोग लगायतबाट पीडित स्थानीयलाई चेकजाँच गरी आवश्यक परामर्श र औषधि प्रदान गरिएको प्रहरी अस्पतालले जानकारी दिएको छ।
नि:शुल्क स्वास्थ्य शिविरका क्रममा ४२ जनालाई भिडियो एक्स-रे सेवा प्रदान गरिएको पनि प्रहरी अस्पतालले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।