दाङ– लगातारको वर्षाका कारण खहरे खोलामा आएको बाढीले बगाउँदा दाङमा १ जनाको मृत्यु भएको छ।
खहरे खोलामा आएको बाढीले बगाउँदा लमही नगरपालिका– ३ फल्कापुर निवासी ३५ वर्षीय मणिराम चौधरीको मृत्यु भएको हो।
लगातार वर्षापछि फल्कापुरदेखि माथिको खहरे खोलामा आएको बाढीले बगाएर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा लमही अस्पतालमा बुधबार साँझ ५ बजेतिर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार उनी खेतको कामबाट फर्किने क्रममा खोलाले बगाउँदा गम्भीर घाइते भएका थिए।
खोलाले बगाएर गम्भीर घाइत भएपछि उपचारका क्रममा मृत्यु भएका चौधरीको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।