प्रतिकात्मक तस्वीर
काठमाडौं– सेती नदीबाट अवैध रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गर्ने ६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जास्थित सेती नदी सहस्त्र घाटमा अवैध ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गर्ने ६ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१ सिम्पानी बस्ने ३९ वर्षीय सानुभाई मगर लगायत ६ जना छन्।
उक्त नदीमा उत्खनन गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट हेम्जाबाट खटिएको प्रहरीले उनीहरूलाई ढुङ्गा, गिट्टी र बालुवा भरिएको ६ वटा टिपरसहित पक्राउ गरेको हो।
ढुङ्गा, गिट्टी र बालुवा भरिएको ६ वटा टिपरसहित पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।