काठमाडौं- टोकियो ओलम्पिक खेलको समयमा मादक पदार्थ बिक्री वितरण र सेवनमा प्रतिबन्ध लाग्ने भएको छ। टोकियो-२०२० का अध्यक्ष सीको हाशीमोटोले बुधबार यसको घोषणा गरे।
उनले खेलको समयमा सुरक्षालाई ध्यान दिँदै यस्तो निर्णय गरिएको जानकारी दिए।
ओलम्पिक खेलको आयोजक मध्येको एक असाही ब्रुअरीले पनि यो निर्णयमा सहमति जनाएको उनको भनाइ छ। ओलम्पिक खेल सुरु हुन ३० दिन बाँकी छ र आयोजकको ध्यान खेलको सुरक्षित ढंगले आयोजना गर्नेमा रहेको बीबीसीले जनाएको छ।
आयोजकले स्टेडियम बाहिर मादक पेय पदार्थको विक्री तथा स्टेडियम भित्र लैजान रोक लगाइएको जनाइएको छ।
स्वास्थ्य अधिकारीहरुले मादक पदार्थको बिक्री र सेवन गर्दा सामाजिक दूरीको पालन गर्न सम्भव कम हुने भएकाले खेलको समयमा यसमाथि प्रतिबन्ध लगाउन आवश्यक रहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।