फाइल तस्वीर।
रोल्पा- पहिरोमा परि रोल्पामा ३ जनाको मृत्यु भएको छ। रोल्पा नगरपालिका–९ ह्वामा लिउनमा गएराति घरमाथिबाट आएको पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको हो। घटनामा परि ३ जना घाइते भएको प्रहरीले जनाएको छ।
घरमा सुतिरहेको अवस्थामा आएको पहिरोमा पुरिएर मृत्यु हुनेमा रोल्पा नगरपालिका–९ लिउनका ८६ वर्षीया प्रतिमा बुढा, १८ वर्षीया सुशिला बुढा र १६ वर्षीया श्यामकला बुढा रहेका जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए।
पहिरोमा परि ४५ वर्षीया सुनमाया बुढा, ४० वर्षीया टिकासिंह बुढा र ९ वर्षीय शक्तिमान बुढा घाइते भएका छन्। घाइतेमध्ये सुनमाया र शक्तिमानको अवस्था सामान्य रहेको डीएसपी सुवेदीले बताए।
घटनास्थल जिल्ला सदरमुकामसँग जोडिएको भएपनि कच्ची सडकका कारण प्रहरीको टोली बिहान पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।