काठमाडौं- आज कन्काई, कोशी, कमला, बागमती जलाधारका स-साना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाब केहि बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाब हुन सक्ने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब स्थिर अवस्थामा रहेको तथा सबैमा बहाब सतर्कता सह भन्दा तल रहेको छ।
नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने, कोशी र यसका स-साना सहायक नदीमा बहाब उल्लेख्य बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाब भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान गरिएको छ। पश्चिम राप्ती, बबई लगायतमा बहाब सामान्य रहने तथा सबैमा बहाब सतर्कता भन्दा तलै हुने पूर्वानुमान छ।
आज कन्काई, कमला, बागमती जलाधारका केही-साना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाब बढ्ने र स-माना नहीमा आकस्मिक बहान हुन सक्ने पूर्वानुमान छ।
त्यस्तै प्रदेश १, प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, बागमती प्रदेशको रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, मकवानपुर, काठमाडौं, सिन्धुली. गडकी प्रदेशको गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, मनाङ, नबलपुर लुम्बिनी प्रदेशको परासी, पाल्पा, गुल्मी, कपिलबस्तु, रूपन्देही, रुकुम, रोल्पा, प्यूठान, दाङ, सुदूरपश्चिम प्रदेशको बझाङ, डोटी, अछाम, बैतडी, डडेल्धुरा र आसपास जिल्ला भई बहने स-साना नदीजलाधारमा बहाब केहि बढ्ने र केहिमा आकस्मिक बहाब हुन सक्ने पुर्वानुमान छ ।
नदीजलाधारमा बहाब केहि बढ्ने र केहीमा आकस्मिक बहाब हुन सके पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।