काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेकाले अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्ययम वर्षा भइरहेको छ। आज दिउँसो र रातिसम्मै यो क्रम निरन्तर रहनेछ।
दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
बिहीबार तथा शुक्रबार पनि देशका विभिन्न भागमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।