काठमाडौं– ‘स्वस्थ, स्वच्छ, स्वतन्त्र र मर्यादित पत्रकारिता, श्रम अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता,’ नाराका साथ श्रमजीवी–पत्रकार संघ, नेपाल गठन भएको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा दर्ता भएको संघको नेतृत्व श्रमजीवी पत्रकारका नेता जन्मदेव जैसीले गरेका छन्। २१ सदस्यीय केन्द्रीय कार्यसमितिमा व्यावसायिक पत्रकार सम्मिलित छन्।
संघमा प्रेस काउन्सिल नेपालका निवर्तमान कावा अध्यक्ष गोपाल बुढाथोकीसहित बलराम थापा, दीपेन्द्र रावल, नारायण शर्मा र धर्मेन्द्रकुमार कर्ण सल्लाहकार छन्।
कार्यसमितिमा पत्रकार अमृत भादगाउँले उपाध्यक्ष, धनञ्जय बुढा महासचिव, डिल्ली आचार्य सचिव र गोविन्द देवकोटा कोषाध्यक्ष रहेका छन्। त्यस्तै, केन्द्रीय सदस्यहरुमा केशव भुल, केशरमणि कट्टवाल, ईश्वर अर्याल, सरस्वती कर्माचार्य, यदुप्रसाद पोखरेल, दीपेश शाही, ऋतु विचार, धुव्र रिजाल, दिया चन्द, विष्णुबहादुर बस्नेत, श्रीराम वाग्ले, कौशिला कुँवर, भुवन पौडेल, उमेश रिमाल र विक्रम पण्डित रहेका छन्।
सञ्चार क्षेत्रमा श्रमको मूल्य अझै सुरक्षित नरहेको ठहरसहित संघले पत्रकारिता पेशालाई सुरक्षित, मर्यादित र पेशालाई पारदर्शी बनाउन दबाव दिने र पत्रकारिता क्षेत्रका क्रियाशील सम्पूर्ण श्रमजीवीको पक्षमा आवाज बुलन्द गर्ने विशुद्ध साझा संस्था भएको विज्ञप्तिमार्फत स्पष्ट गरेको छ।
श्रमजीवीको सुरक्षाका लागि आवश्यक कानुन निमार्णका लागि राज्यलाई दबाव दिनु र बनिसकेको कानुनी हक प्राप्तिमा खडा रहनु, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति र नागरिकका सार्वभौम अधिकारको रक्षाका लागि आवाज बुलुन्द गर्नु नै यस संस्थाको मूख्य उद्देश्य रहेको उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।