फाइल तस्वीर
काठमाडौं– केही दिनअघि उच्च बाढीले धनजनको ठूलो क्षति गरेको इन्द्रावती र मेलम्ची नदीमा पुनः बाढी आएको छ। दुई नदीमा आएको बाढीसँगै दोलालघाटमा सुनकोसी नदीको बहाव बढेर खतराको तहसम्म पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
लगातारको बाढीसँगै नदीमा बहाव बढ्ने सम्भावना भएकाले मेलम्ची बजारलगायत तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। लगातारको बाढीले अरनिको राजमार्गस्थित दोलालघाटको पुलमा समेत क्षति पुग्न सक्ने जनाइएको छ।
यसअघि असार १ गतेको बाढीले मलेम्ची बजारमा अकल्पनीय क्षति पुगेको छ भने हेलम्बुलगायत स्थानमा हजारौ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत गरेको छ। मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका हजारौ मानिस घरबार बिहीन बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।