काठमाडौं- आज देशका प्रमुख तथा मझौला नदी कन्काई, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली लगायतमा बहाब सामान्य रहने तथा सवैमा बहाव सतर्कता भन्दा तलै हुने पूर्वानुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब स्थिर अवस्थामा रहेको तथा सबैमा बहाव सतर्कता तह भन्दा तलै रहेको छ।
आज कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने तथा सबैमा बहाव सतर्कता भन्दा तलै हुने पूर्वानुमान छ। कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई लगायतमा बहाब सामान्य रहने तथा सबैमा बहाब सतर्कता भन्दा तलै हुने छ।
आज प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, बागमती प्रदेशको रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, काठमाडौं, सिन्धुली, गण्डकी प्रदेशको गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, लुम्बिनी प्रदेशको रुकुम, रोल्पा, पाल्पा, गुल्मी, दाङ, सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङ, दार्चुला, बैतडी र आसपास जिल्ला भई बहने स-साना नदीजलाधारमा बहाब केहि बढ्ने र केहिमा आकस्मिक बहाब हुन सक्ने पुर्वानुमान महाशाखाले गरेको छ।
आगामी ३ दिन देशका प्रमुख तथा मझौला नदी कन्काई, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली लगायतमा बहाब सामान्य घटबढ हुने तथा सबैमा बहाव सतर्कता भन्दा तलै हुने पूर्वानुमान रहेता पनि नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।