काठमाडौं– काठमाण्डौ उपत्यकामा तीन वटै (काठमाडौं, भक्तपुर र ललितपुर) जिल्ला प्रशासन कार्यालयको सम्पूर्ण सेवा आजदेखि पुनः सञ्चालन हुने भएको छ। कोरोना संक्रमण बढेसँगै जारी निषेधाज्ञाका कारण यसअघि स्थगित गरिएका सम्पूर्ण सेवा आजदेखि नियमित सञ्चालनमा ल्याउने भएका छन्।
गएको वैशाख १३ गतेदेखि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको थियो। जनस्वास्थ्यका मापदण्ड पूरा गरी सम्पूर्ण सेवा सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।
गत वैशाख १६ गतेदेखि स्वास्थ्य, शान्ति सुरक्षालगायत अत्यावश्यक सेवाबाहेक कार्यालयबाट उपलब्ध हुने अन्य सेवा बन्द भएका थिए।
आजदेखि नियमित रुपमा नागरिकता, परिचयपत्र, राहदानी वितरण, सिफारिस जस्ता सेवा प्रवाह हुनेछन्। जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि विज्ञप्ति निकालेर सबै सरकारी एवं सार्वजनिक निकायलाई नियमित सेवा प्रवाहको व्यवस्था मिलाउन भनेको छ।
आइतबारसम्पन्न् उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले मंगलवारदेखि निषेधाज्ञा खुकुलो बनाउनेसहित सरकारी सेवा प्रवाह तथा बैंक, वित्तीय संस्था, सहकारी, गैरसरकारी संस्थाहरूमा स्वास्थ्य मापदण्डसहित थोरै जनशक्ति र वैकल्पिक उपाय अवलम्बन गरी सञ्चालन गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।