• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

एमबिबिएस पढ्दै गरेका दीपकिरणको कथा : रोगले बुवा गुमाए, बाढीले घर–खेत

64x64
नेपाल लाइभ मंगलबार, असार ८, २०७८  ०६:३७
1140x725

काठमाडौं– ‘घर, खेत बाढीले बगाएको भन्दा पनि बुवाको मृत्युको आलै घाउले मन बढी पोल्छ, बुवा हुनुभएको भए सबै जिम्मेवारी आफ्नै थाप्लोमा हुँदैन थियो,’ सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाल्चोक गाउँका दीपकिरण खड्का मलिन स्वरमा बोले। 

पाँचमुरेमा रहेको दीपकिरणको घर असार १ गते अघिसम्म मकै र धानखेतीको बीचमा चिटिक्क देखिन्थ्यो। असार १ गतेको वर्षापछि मेलम्ची खोलामा आएको बाढीले दीपकिरणको घर डुवानमा पर्‍यो। असार ३ गते फेरि आएको बाढीले डुवानमा परेको दीपकिरणको चिटिक्कको घर बगायो। घरखेत बगाएपछि अहिले दीपकिरणसँगै उनकी आमा र भाइ आफन्तको घरमा बसेका छन्।

२५ वर्षीया दीपकिरणको बुवाको मृत्यु भएको एक महिना पुगेको छैन। गत जेठ ८ गते उनका बुवाको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। ५५ वर्षीया बुवा रामबहादुरलाई प्याङ्क्रियाजको समस्या थियो।

बुवाको मृत्युको घटनाले मनमा लागेको घाउ निको नहुँदै दीपकिरणको जीवनमा अर्को बज्रपात आइपर्‍यो। बुवा गुमाएको एक महिना नबित्दै दीपकिरणले आफ्नो घरखेत पनि गुमाए। 

तर पनि उनले आफू र आफ्नो परिवारलाई सम्हालेका छन्। बाढीले बगाएको  घर–खेत भन्दा पनि उनलाई बुवाको सम्झनाले बढी सताउँछ।‘घरखेत र सम्पत्ति त पछि कमाउन पनि सकिन्छ, घरखेत बगाएकोमा भन्दा पनि बा बित्नुभयो, त्यो कुराले मन खड्किन्छ,’ उनले भने, ‘बा हुनुएको भए, अब  गर्ने कसरी बस्ने सबै कुरामा बाले सोच्नुहुन्थ्यो।’

बाढी आउँदैछ भन्ने थाहा पाएर ज्यान जोगियो, एकजना आफन्त बेपत्ता

दीपकिरणको घर भएको पाँचमुरेमा उनका दुईजना काकाको पनि घर थियो। मंगलबार साँझ बाढी आउँदैछ भन्ने खबर दीपकिरणका काकाहरुले पाइसकेका थिए। तर, अघिल्ला वर्षहरुमा जस्तै सामान्य बाढी होला भन्ने सोचेका थिए सबैले। 

Ncell 2
Ncell 2
nimb
nimb

उनीहरुको माछाफार्म थियो। सबैजना माछा फार्मलाई बाढीको पानीबाट कसरी जोगाउने भन्नेतर्फ केन्द्रित थिए। दीपकिरण पनि आफ्नो फार्मको माछाको स्याहारमा नै लागेका थिए। केही समयमै खबर आयो, ‘हेलम्बु बजारको मोटरेबल पुलसम्म नै बाढी पुगिसक्यो।’

पुलसम्म नै बाढी पुगिसकेको भन्ने जानकारी पाएपछि खोलापारी भएका छिमेकी दिदीहरुले खबर गरे। बाढी ठूलो आएको छ भन्ने जानकारी पाएपछि उनले भाइहरुलाई घरभन्दा माथि पठाए।

दीपकिरण पनि घरभन्दा माथि जाने तयारी गर्दै थिए, खोलामा आएको बाढीको गड्गडाहट झन् चर्को हुँदै गयो। त्यसपछि उनी घर छाडेर दौडिए। बाढी बढ्दै गएको देखेपछि दीपकिरणका काकाहरु दौडिए। छरछिमेकामा एकाएक कोलाहल मच्चियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘कहिल्यै नआएको बाढी यसपालि आयो, एकैमिनेटमा डरलाग्दो अवस्था देखियो।  काकाहरुले बल्लतल्ल ज्यान जोगाउन सफल हुनुभयो,’ दीपकिरणले भने, ‘एकमिनेट मात्र ढिलो गरेको भए म पनि बाँच्दिन थिए होला, एक मिनेटको अन्तरमा म बाढी भन्दा माथि पुगे, तर हाम्रो माइली हजुरआमा बेपत्ता हुनुभयो।’

दीपकिरणको घर भएको ठाउँमा अहिले खोला बगिरहेको छ। घर बगाइसकेकाले घरको आकृति नै देखिँदैन। गोठको केही भाग भने बाँकी छ।बाढीले घरखेत नै बगाए पनि दीपकिरण विचलित भएका छैनन्। 

एमबिबिएसको पढाइ परा गर्ने सपना 
बुबाको मृत्यु, बाढीले घरखेत बगाएको पीडाका बीच आफ्नो र भाइको पढाइको विषय पनि चिन्ताको विषय बनेको छ दीपकिरणलाई। चीनमा  एमबिबिएसको अध्ययन गरिरहेका  दीपकिरण डेढ वर्षदेखि नेपालमै छन्। 

अघिल्लो वर्षको जाडो बिदामा नेपाल आएका उनी कोरोना संक्रमणका कारण फर्किन पाएका छैनन्। हाल एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत दीपकिरणको अनलाइन माध्यमबाटै पढाइ चलिरहेको थियो। 

जेठमा परीक्षा थियो, तर बुवाको काजकिरियाले गर्दा परीक्षा दिन सकेनन्। गत असार १ गते उनले परीक्षा दिँदै थिए। तर, त्यही दिन आएको बाढीले घरखेत नै बगाइदियो। ‘बा बितेकै दिन परीक्षा थियो, परीक्षा दिनै सकिन, त्यो समयमा दुईवटा विषयको परीक्षा छुट्यो,’ उनले भने, ‘गत मंगलबार पनि परीक्षा थियो, त्यो दिन त दिए, त्यसपछिको परीक्षा दिनै पाएको छैन।’

छात्रबृत्तिमा चीनको मेडिकल कलेजमा एमबिबिएस पढ्दै गरेका उनलाई घर बनाउँदा र भाइको पढाइ खर्चको ऋणको भारी छ। तर, उनले आफ्नो मनलाई सम्हाल्दै आएका छन्।

‘बसिरहेको घरमा त बस्न मिल्ने अवस्था छैन, घर बगाएको छ, अब जेजे हुनु भइसक्यो, चिन्ता लिएर मात्र त्यो घर फर्किएर आउँदैन,’ उनले भने, ‘खोला भन्दा माथि नै फाँटमा पनि जग्गा छ। त्यहीँ फेरि घर बनाउनु पर्छ भन्ने सोच छ।’

आफ्नो र भाइको पढाइ बाँकी नै भएकाले आमाको लागि बस्ने व्यवस्था गरेर पढाइमा केन्द्रित हुने दीपकिरणको योजना छ।

‘बुबा बित्नुभएको एक महिना हुनलाग्यो, मेरो र भाइको पढाइ अझै बाँकी छ। हामी पढ्न जानुपर्छ, त्यसैले अब मम्मीलाई बस्न मिल्ने एउटा घर बनाइदिन पाए ढुक्क हुन्थ्यो भन्ने लागेको छ,’ दीपकिरणले भने, ‘सरकारले पनि घर बनाउन सहयोग गर्छ कि भन्ने आसा छ, नभए पनि मम्मीलाई तत्कालका लागि बस्ने ठाउँ त बनाउनै पर्छ।’

छात्रवृत्ति पाएकाले आफ्नो पढाइको भने त्यति धेरै चिन्ता छैन उनलाई। तर भाइको पढाइ खर्चका लिएको ऋणको भारी भने उनकै थाप्लोमा आइलागेको छ। तर पनि उनी आशावादी देखिन्छन्।

‘घरखेत डुवानमा पर्‍यो, १५–२० लाख ऋणतिर्नुछ,’ उनले भने, ‘पढ्दै छु पछि  कमाएर तिरौंला नि।’

प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  ०६:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने
सम्बन्धित सामग्री
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार घाइतेमध्ये एक जनाको अवस्था सामान्य छ भने अर्का १४ वर्ष... सोमबार, कात्तिक २, २०८३
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने सोमबार, कात्तिक २, २०८३
काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन सोमबार, कात्तिक २, २०८३
क्यानडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्