काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको 'लापरवाही'का कारण ज्यान गुमाएका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० का धर्म दुलालको परिवारका २ जना सदस्यलेलाई रोजगारी र २ सन्तालाई स्नातकसम्म नि:शुल्क पठनपाठनको व्यवस्था गर्ने सहमित भएको छ।
परिवारका १ जना सदस्यलाई नेपाल विद्युत् प्राधिकरण र अर्का १ जनालाई मेलम्ची नगरपालिकाले रोगजारी उपलब्ध गराउने समहित भएको हो।
मृतक दुलालका २ सन्तानलाई स्नातकसम्म नि:शुल्क पठनपाठनको व्यवस्था गरिदिने पनि सहमति भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ, मेलम्ची नगरपालिकाका मेयर डम्वर अर्याल, नेपाली विद्युत् प्राधिकरण र स्थानीय प्रशासनका प्रतिनिधिका बीचमा भएको वार्तामा यस्तो सहमति जुटेको हो।
असार १ गते आएको बाढीले घरखेत बगाएका दुलालको करेन्ट लागेर मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।