काठमाडौं- आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ (प्राथमिक सेयर) निष्काशनका लागि ‘केयर एनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ। रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी जनाउँदछ।
कम्पनीले ६० करोड रूपैयाँको प्राथमिक सेयर निष्काशनका लागि रेटिङ गराएको हो। रेटिङ एजेन्सीको रिपोर्ट प्राप्त भएसँगै अब कम्पनीको प्राथमिक सेयर निष्काशनको प्रक्रिया अघि बढ्नेछ।
कम्पनीले १२० वटा शाखा कार्यालयबाट बीमितहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।
हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रूपैयाँ रहेको छ। प्राथमिक सेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब रूपैयाँ पुग्नेछ। प्राथमिक सेयर निष्काशनपछि संस्थापक सेयरधनीहरूको हिस्सा ७० प्रतिशत र सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशत हुने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।