काठमाडाैं- नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
हालै मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीपहिरोबाट प्रभावितका लागि दुप्चेश्वर गाउँपालिकाले उक्त सहयोग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिएका छन्। उनले हेलम्बु गाउँ कार्यपालिकाको कार्यालयलाई पत्र लेख्दै उक्त जानकारी दिएका हुन्।
'हाम्रो छिमेकी जिल्ला सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा हालसालै आएको बाढी र पहिरोले पुर्याएको धनजनको क्षतिप्रति दु:ख व्यक्त गर्दै यस दु:खद् क्षणमा सम्पूर्णमा सहयोगको लागि अपिल गर्दै यस गाउँ कार्यपालिकाको मिति २०७८/३/०६ गतेको बैठकबाट हेलम्बु गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरिएको जानकारीको लागि अनुरोध छ,' पत्रमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।