काठमाडौं- सर्वोच्च अदालतले कोरोना संक्रमणको जोखिम कम हुँदै गएपछि थप केही सेवा सञ्चालन गर्ने भएको छ। सोमबार बसेको फुलकोर्ट बैठकले यसअघि चालू रहेका सेवाहरुसहित थप सेवा खुला गर्ने निर्णय गरेको हो।
आजको बैठकले जेठ ३१ गते बसेको फुलकोर्टको बैठकको निर्णयबमोजिमका कामकारवाही र सेवाहरूलाई निरन्तरता दिँदै कोराना भाइरस संक्रमणको जोखिमको आंकलन एवम् स्वास्थ्य सुरक्षासम्बन्धी निर्धारित मापदण्डहरूको पूर्णपालना हुने गरी केही काम कारवाही र सेवाहरू थप गर्ने निर्णय गरेको हो।
यो व्यवस्थापन र सेवाप्रवाहलाई असार १४ गतेसम्म निरन्तरता दिने सर्वोच्चले जनाएको छ। सर्वोच्चले मिलापत्र र मुद्दा फिर्ताको प्रक्रिया पनि अब शु्रु गर्ने भएको छ।
यी हुन पुन: शुरु हुने सेवा
(अ) प्रचलित कानूनबमोजिम हुनसक्ने मिलापत्र र मुद्दा फिर्तासम्बन्धी कामकारवाही,
(आ) व्यक्तिको तर्फबाट पर्न आएका दोहोर्याइ पाउँ भन्ने निवेदनहरूको सुनुवाइ,
(इ) विपक्षी झिकाउने आदेश नभएका साधकको सुनुवाइ,
ख) उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधिकरणहरूको काम कारवाही तथा सेवाप्रवाह एवम् हदम्याद, म्याद र तारेखसमेतका विषयमा मिति वैशाख १४ को पूर्ण बैठकको निर्णयानुसार हुने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।