• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

वातावरणविद्‌को चेतावनी– सिन्धुपाल्चोकमा अझै ठूलो पहिरो जानसक्छ, तटीय क्षेत्र खाली गरौं

64x64
नेपाल लाइभ सोमबार, असार ७, २०७८  १८:१४
1140x725

असार १ गते सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची नदीमा ठूलो वाढी आयो। पूर्वानुमान नै नगरिएको वाढीले २३ जना वेपत्ता बनायो भने करोडौं रुपैयाँ बराबरको भौतिक क्षति (अझै वास्तविक मूल्याकन हुन नसकेको) पुर्‍यायो।  

हेलम्बुका केही क्षेत्र र मेलम्ची बजार क्षेत्रमा धेरै भौतिक क्षति भयो। बाढी आइरहेकोबारे समयमै सूचना प्राप्त गर्दा मेलम्चीमा मानवीय क्षति नभएपनि आर्थिक रुमपा धेरै क्षति भयो। पहिरो बगाएर ल्याएको बाढीले सयौं मेलम्चीमा सयौं घरहरु पुर्यो भने  पक्की र झोलुङ्गे पुलहरु पनि बगायो। 

बाढीका कारण नदी आश्रित व्यवसायमा पनि ठूलो नोक्सानी पुगेको छ। खेतीयोग्य हजारौं विघा जमिन बगरमा परिणत भएको छ। 

लगभग १० हजार जनसंख्यालाई प्रभावित बनाएको बाढीको प्रमुख कारण भने हेलम्बु गाउँपालिकाको वडा नम्बर १ को भ्रेमाथाङको समथर भुभाग फुट्नु रहेको वातावरणविद्‌को 'निष्कर्ष' छ। वातावरणविद् रविनराज निरौला भ्रेमाथाङमा अझै पहिरो जाने जोखिम जीवितै रहेको पनि बताउँछन्। 

हालसम्म उक्त क्षेत्रको केही भू–भागमा मात्र पहिरो आएकाले बाँकी क्षेत्रमा फेरि पनि पहिरो जाने सम्भावना कायमै रहेको उनी बताउँछन्।  भ्रेमाथाङ पहिरो र यसको सम्भावित अन्य जोखिम, तटिय क्षेत्रमा अपनाउनुपर्ने सावधानी लगायत विषयबारे वातावरणविद् रविनराज निरौलासँग नेपाल लाइभले कुराकानी गरेको छ। 

इन्द्रावती र मेलम्चीको बाढीबारे निरौलाले गरेको अध्ययन र त्यसबाट फेला परेका तथ्यहरु उनकै शब्दमा–

मेलम्ची मध्यधारको जलाधार हो, धेरै ठूलो होइन। यसले यत्रो वितण्डा मच्चाउला भन्ने सोचिएको थिएन।  खोला थुनिएला र वाढीले बगाउँछ भन्ने अनुमानको अध्ययन भइ रिर्पोट आएका छन्। मेलम्ची घ्याङमा गएको पहिरोले खोला थुनियो, तर यो पहिरोमात्र होइन भनेर अध्ययन गर्दा भ्रेमाथाङ खुलेको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

भ्रेमाथाङ भनेको हिमाली भुभागको उपत्यका हो। चरन क्षेत्र हो। यसको लम्बाइ २ किलोमिटर र चौडाइ डेढ किलोमिटर छ।  यो मैदान हो, भिर होइन। तर अहिले यो भिर भएको छ।  यसपाली धेरै वर्षा हुन्छ र जोखिम धेरै छ भनेर अनुमान गरिएको थियो। शेर्माथाङमा रहेका मापन केन्द्रमा जुन १० देखि १५ सम्म ३०० एमएम वर्षा हुँदै क्लाउडबस्ट भएको देखियो। यही वर्षाले यहाँको भूमिलाई चिरा पर्‍यो र भित्र पानी पसेका कारण फुटेको देखियो। 

आउने दिनका लागि पनि यो ठाउँ जोखिमयुक्त भइसकेको छ। यो अडिन सक्ने सम्भावना पनि छ, तर त्यहाँको भूगर्व अध्ययन नगरी भन्न सकिँदैन। अहिल्यै त्यहाँ जान सक्ने अवस्था छैन। जोखिम अझै छ। त्यसलाई अध्ययन नगरेसम्म सम्भावित जोखिमबाट क्षति हुन नदिने तयारी गरौं। 

फोटो हेर्दा चउरको चौडाई जति छ त्यसको २० प्रतिशत चिरेर खसेको देखिन्छ। अझै धेरै भू–भाग बाँकी छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भ्रेमाथाङमा अझै ठूलो ठूलो पहिरो आउने सम्भावना जीवितै छ, त्यसैले तटीय क्षेत्रको विकल्पबारे समयमै सोचौं। अब उक्त क्षेत्रमा अध्ययन जरुरी भइसकेको छ। 
 
अब विपत् व्यवस्थापनको  तयारी हैन, थप क्षति हुन नदिनेतर्फ सोचौं। भ्रेमाथाङबाट फेरि पनि पहिरो आउनसक्छ। अब नदीको दायाँ बाया रहेका बस्तीका मानिस र संरचना जोगाउने हो। कम्तीमा ३/४ महिनाका लागि भए पनि तुरुन्तै बासको व्यवस्था मिलाउन पर्छ। यसले जोखिम कम गराउँछ। 

भूकम्पपछि हामीले गरेको अध्ययनमा धेरै पहिरो गएको थियो। अत्यधिक संख्यामा पहिरो गएको देखिएको थियो। भूकम्पका कारण जमिनमा धाँजा फाटेकाले छिरेर जोखिम वढेका भन्दै हामीले केही बस्ती सार्न सल्लाह दिएका थियौं। नाकोतेजस्ता र मेलम्ची किनाराका बस्तीमा यो जोखिमको आकलन गरिएको थियो। 

मेलम्ची नगरपालिकाले खोला किनारामा बस्ती बसाउन रोकेको थियो। तरपनि स्थायी र ठूला संरचना बने। यसबाट पनि हाम्रो कार्यान्वयन पक्ष कमजोर छ भन्ने देखियो। 

सिन्धुपाल्चोकजस्ता र हिमाली क्षेत्रमा असुरक्षा बढेको अनुभव यो वर्ष भएको छ। अधिक मात्रामा बर्षा हुन्छ भनियो, तर हाम्रो तयारी देखिएन। हामीसँग नदीको बहाव बढेको अनुमान गर्ने क्षमता छ, तर यो पनि माथिल्लो भेगमा छैन। मेलम्चीमा पनि नाकोतेका एउटा रहेछ त्यहाँभन्दा माथि रहेनछ। मनाङमा पनि यस्तै देखियो। मापन कमि भएको ठाउँमा ठूलो क्षति भयो। 

हामीले सिक्नका लागि र भविष्यका लागि तयारी गर्न  भ्रेमाथाङको पहिरोले धेरै शिक्षा दिएको छ। हामीसँग हिमताल धेरै छन्, त्यहाँ मुनिका बस्ती जोखिम छन् भनियो, तर कुनै समय हिमताल रहेका र अहिले सुख्खा रहेका क्षेत्र पनि फुट्न सक्ने रहेछ भन्ने कुरा अहिले देखियो। अव यी क्षेत्रहरुको विस्तृत अध्ययन आवश्यक देखिएको छ। 

भ्रेमाथाङ पहिरो रोकथामका लागि पहिला त अध्ययन जरुरी छ। अध्ययन नगरी यसमा धेरै कुरा भन्न सकिँदैन। मुख्य स्रोत कहाँ छ, र यसको कटान क्षेत्र कस्तो छ? अध्ययन गरेपछि मात्र भन्न सकिन्छ। अध्ययनपछि मात्र क्षति कम गर्ने कि नियन्त्रण, भन्ने कुरा गर्न सकिन्छ। 

अब तत्काल गर्ने भनेको नदी तटीय क्षेत्रका बस्ती खाली गर्ने र सुरक्षित गराउने हो। त्यहाँ भएका सडक र पुल क्षेत्र सुरक्षित गराउने हो। 

अहिले मेलम्ची र इन्द्रावतीको बाढीले लेदो थुप्रिएकाले खोलाले आफ्नो बास्तविक धार भेटाउँदैन, अनि जता पनि बग्न सक्छ।अहिले वितण्डा मच्चाएको क्षेत्रमा बस्ती बसाउन खोज्नु हुँदैन। अहिले अनुभव गरिएको जोखिमअनुसार मापदण्ड तयार गरी त्यसलाई पालना गराउनुपर्छ। 

हाम्रो विपत्‌को तयारी भनेको बाढी आएपछि मात्र सोच्ने रहेछ। यो आउनुभन्दा अघि नै गर्नुपर्ने थियो। हरेक वर्ष वाढी आउँछ, तर हामीले तयारी गर्ने कुरा कहिल्यै गरेनौ।

(वातावरणविद् निरौला हेफर इन्टरनेशनलसँग आबद्ध छन्)

प्रकाशित मिति: सोमबार, असार ७, २०७८  १८:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने
सम्बन्धित सामग्री
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार घाइतेमध्ये एक जनाको अवस्था सामान्य छ भने अर्का १४ वर्ष... सोमबार, कात्तिक २, २०८३
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने सोमबार, कात्तिक २, २०८३
काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन सोमबार, कात्तिक २, २०८३
क्यानडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्