सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा बाढी पहिरोले ९३ वटा घरमा क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीले सिन्धुपाल्चोकमा ९३ घरमा क्षति पुगेको हो।
जसमध्ये हेलम्बु गाउँपालिकामा पक्की घर(स्कुल, सरकारी कार्यालयसमेत) ८९ संरचनामा क्षति पुगेको छ। जसमध्ये गाउँपालिकामा रहेको तीन तले प्रहरी चौकी खोलामा ढलेको थियो भने दुईवटा विद्यालय बगाएको थियो।
त्यस्तै पाँचपोखरी थाङपाल गाउँपालिकामा ४ वटा घरमा क्षति पुगेको छ।
त्यस्तै १९ वटा पुल बाढीले बगाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सूचना जारी गर्दै जनाएको छ। जसमध्ये १२ वटा झोलुङ्गे पुल र ७ वटा पक्की पुल रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।