काठमाडौं- सिन्धुपाल्चोकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ।
मेलम्ची नगरपालिका-१० माझीबस्ती तल इन्द्रावती नदीमा आएको बाढीले बिजुलीको पोल ढाल्दा करेन्ट लागेर स्थानीय धर्म दुलालको मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ। करेन्ट लागेर अर्का एक जना पनि घाइते भएका छन्। तर उनको पहिचान खुलेको छैन।
शिखरपुर नवलपुर तर्फ ल्याइएको फलामे पोललाई इन्द्रावतीको बाढीले क्षति पुर्याएपछि करेन्ट सर्ट हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।