काठमाडौं- आज देशका प्रमुख तथा मझौला नदी कनकाई, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली लगायतमा बहाब सामान्य घटबढ हुने तथा सवैमा बहाव सतर्कता भन्दा तलै हुने पूर्वानुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापनमा कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब स्थिर अवस्थामा रहेको तथा सबैमा बहाव सतर्कता तह भन्दा तलै रहेको छ।
आज कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने तथा सबैमा बहाव सतर्कता भन्दा तलै हुने पूर्वानुमान छ। त्यस्तै कन्काई, पश्चिम राप्ती लगायतमा बहाब सामान्य रहने, कमला, बागमती, बबई र यसका सहायक नदीमा बहाब केहि बढ्ने तथा सबैमा बहाब सतर्कता भन्दा तलै हुने पूर्वानुमान छ ।
आज प्रदेश १ को इलाम, झापा, प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, बागमती प्रदेशको रसुवा, सिन्धुपाल्चोक, दोलखा, काठमाडौँ, काभ्रेपलाञ्चोक, सिन्धुली, लुम्बिनी प्रदेशको परासी, पाल्पा, रुपन्देही, कपिलबस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, कालिकोट, सुदूरपश्चिम प्रदेशको कैलाली, बैतडी, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपास जिल्लाभई बहने स-साना नदीजलाधारमा बहाव केहि बढ्ने र केहिमा आकस्मिक बाढी आउन सक्ने पुर्वानुमान छ।
आगामी ३ दिन देशका प्रमुख तथा मझौला नदी कनकाई, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली लगायतमा बहाब सामान्य घटबढ हुने तथा सबैमा बहाव सतर्कता भन्दा तलै हुने पूर्वानुमान रहेता पनि नदी तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।