काठमाडौं– मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा ठाउँमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका अधिकांश स्थानमा बाढीपहिरोको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।
महाशाखाका अनुसार सोमबार दिउँसो प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पनि देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १ लगायत देशको
केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।