काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) असार ८ गतेदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो हुने, ट्याक्सी र निजी सवारी साधन जोर–विजोर अनुसार चल्ने, पसलहरू बार अनुसार खोल्न पाइने ।
२) कांग्रेसलाई पुरानो साखमा फर्काउन सभापतिमा उम्मेदवारी दिने आफूपक्षीय केन्द्रीय सदस्यहरुसँग देउवाको दाबी, राजनीतिक अवस्था तरल रहेको तर्क, बिमलेन्द्र निधिसँग फेरि संवाद गर्न देउवालाई सुझाव ।
३) आन्तरिक उडान खुलाउने विषय अन्योलमै, अब बन्द गर्नुपर्ने कारण नै नभएको व्यवसायी तर्क, खोल्ने मनसाय भए पनि निर्णय आफ्नो हातमा नभएको पर्यटन मन्त्रीको प्रतिक्रिया ।
४) इरानको १३ औं राष्ट्रपतिमा ६२ प्रतिशत मतसहित इब्राहिम रायसी निर्वाचित, राष्ट्रपतिमा रायसी निर्वाचित हुनु विश्वलाई खतरा भएको इजरायलको चेतावनी, अहिलेसम्मकै कट्टरपन्थी राष्ट्रपति भएको दाबी ।
५) र, जारी युरोकप फुटबल अन्तर्गत आजदेखि समूह चरणका अन्तिम खेल सुरु हुँदै, पहिलो खेलमा इटाली वेल्ससँग दोस्रो खेलमा स्वीजरल्याण्ड टर्कीसँग भिड्दै ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।