काठमाडाैं- अविरल वर्षासँगै आएकाे बाढीले अवरुद्ध भएकाे सिन्धुपाल्चोकस्थित हेलम्बु गाउँपालिकाकाे मेलम्ची-चनौटे सडकखण्ड अस्थायी रुपमा सञ्चालनमा आएकाे छ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा अनुसार २ जना अप्रेटर र स्काभेक्टरले अवरुद्ध सडककाे बाधा हटाएपछि सञ्चालन आएकाे हाे।
यस्तै, भोलीसम्म ग्यालथुम आसपाससम्म विद्युत पुग्ने पनि उनले जानकारी दिए। हिजोबाट नै पाल्चोकसम्म विद्युत पुगेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।