सिन्धुपाल्चोक- मेलम्चीको बाढीमा बेपत्ता भएका मध्ये थप एक जनाको शव भेटिएको छ।
बाढीमा हराइरहेका पाँचपोखरी थाङपाल गाँउपालिका २ का ६३ वर्षीय ठकुरी स्याङ्बोको शव पहिचान भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए।
असार १ गतेको बाढीबाट मृत्यु हुनेको संख्या चार पुगेको छ। अझै २१ जना बेपत्ता छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।