काठमाडाैं- नेपाल चेम्बर अफ कमर्सले सिन्धुपाल्चोक र मनाङका बाढीपीडितका लागि राहत सामग्री सहयोग गरेको छ।
चेम्बरले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु तथा मनाङका बाढीपीडितका लागि त्रिपाल, चामल, नून, चिउरा, मस्यौरा, दाललगायत सामग्री उपलब्ध गराएको हो।
उक्त राहत सामग्री मनाङका लागि काठमाडाैंस्थित मनाङ समाज सेवा समितिका कोषाध्यक्ष चुयुङ गुरुङ र हेलम्बु तथा मेलम्चीका बाढीपीडितका लागि सिन्धुपाल्चोक चेम्बर अफ कमर्सका अध्यक्ष भक्तलाल श्रेष्ठलाई हस्तान्तरण गरिएको छ। चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले ती सामग्री हस्तान्तरण गरेका थिए। अध्यक्ष मल्लले बाढीपहिरोबाट पुगेको क्षतिप्रति दु:ख व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।