काठमाडौं– हेलम्बुका बाढीपीडित ४० घरपरिवारलाई हाम्रो जन्मभूमि र मानव सेवाको सहयात्री संस्थाले संयुक्त रुपमा राहत वितरण गरेको छ।
यही असार १ गते साँझ हेलम्बु गाउँपालिका–१ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि मेलम्ची खोलामा आएको आकस्मिक र अकल्पनीय बाढीले मानवीय तथा भौतिक संरचनामा क्षति पुर्याएको थियो।
संस्थाले हेलम्बु –७ को चनौटे बजारलगायत आसपासका घरपरिवारलाई एक बोरा चामल, दुई लिटर तेल, दुई केजी दाल, दुई केजी चिनी, १५ केजी चिउरा, नुन, तेल, चियापत्ती, साबुनलगायत विभिन्न सामग्री वितरण गरेको हो
संस्थाका उपाध्यक्ष गीता श्रेष्ठको संयोजकत्वको टोलीले गाउँका स्थानीय जनप्रतिनिधि वडा सदस्य जीतबहादुर तामाङ कार्यपालिका सदस्य लक्ष्मी सुनुवार र प्रहरीको रोहवरमा बाढीपीडित परिवारलाई राहत वितरण गरेको थियो।
सिन्धुपाल्चोकमा दर्ता भएको गैरनाफामूलक सामाजिक संस्था सहयात्रीले देशैभरि रहेका विभिन्न समस्यामा परेका नेपालीलाई सहयोग गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।