बाढीपछिकाे मेलम्ची
काठमाडौं– सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ का जनप्रतिनिधिले एक महिनाको पारिश्रमिक नगरपालिकाको बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा जम्मा गर्ने निर्णय गरेका छन्। शनिबार बसेको वडा समितिको बैठकले यस्तो निर्णय गरेको वडाध्यक्ष कृष्णप्रसाद चौलागाईंले जानकारी दिए।
कोषमा वडाध्यक्ष चौलागाईंले २६ हजार ७३० जम्मा गर्नेछन् भने कार्यपालिका सदस्य सावित्री कार्कीले १२ हजार ८७० रुपैयाँ जम्मा गर्नेछिन्।
त्यसैगरी, वडा सदस्यसरू भीमसेन खतिवडा, खम्बासिं तामाङ र शान्ति नेपालीले प्रतिव्यक्ति ९ हजार ९ सय रुपैयाँ कोषमा जम्मा गर्नेछन्।
असार १ गते राति मेलम्ची र इन्द्रावती नदीमा आएको अकल्पनीय भीषण बाढीले मेलम्चीको नगरपालिकाको विभिन्न वडामा धनजनको क्षति पु¥याएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।