काठमाडौं– देशभर मनसुनी वायुको प्रभावका कारण पूर्ण वदलीसहित केही स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, प्रदेश २ र बागमती प्रदेश केही स्थानमा भारी वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ।
राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि र पर्सि पनि देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।